Janakpurdham
Sun, Sep 20, 2026
`

नेपालको सीमा नाकामा १९ वटा भन्सार कार्यालय स्थापना गर्दै भारत

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

एजेन्सी, भदौ ३१ गते । भारतीय गृहमन्त्री अमित शाहले बिहारका विभिन्न १० स्थानमा भन्सार कार्यालय स्थापना गर्ने बताएका छन् । उनले नेपालसँगको अन्तर्राष्ट्रिय व्यापार सुदृढ बनाउने लक्ष्यसहित विहारमा १० स्थानमा भन्सार स्थापनाको योजना अघि बढाउँदै कार्यालय स्थापना गर्ने स्थान पहिचान गरिएको बताएका हुन् ।भारतीय सञ्चार माध्यम ‘बिजनेस स्ट्याण्डर्ड’का अनुसार पहिचान गरिएका नयाँ ‘ल्याण्ड कस्टम स्टेसन’ (एलसीएस) ले ट्रान्जिट, भन्सार सेवा, अध्यागमन सेवा र कार्गो ह्याण्डलिङ गर्नेछन् । यस्तै, नेपाल–भारतबीच हुने वस्तु आयात–निर्यात र यात्रुको आवतजावतमा समेत ती कार्यालयले सेवा प्रदान गर्नेछन् ।भारतले नेपाल–भारत सीमा नाकामा थपिन लागेका कूल १९ यस्ता कार्यालय स्थापनाको योजना अघि बढाएको छ । जसमध्ये १० कार्यालय बिहार राज्यमा मात्रै खोलिनेछन् । १० कार्यालयहरु बिहारको विभिन्न जिल्लामा स्थापना हुनेछन् । जसमध्ये कृष्णगञ्ज, सिटामर्ही, सुपाल, मधुबानी, पश्चिम चम्पारण लगायतका जिल्लामा स्थापना हुनेछन् ।जोगबनी एकीकृत जाँच चौकी नजिक नयाँ भन्सार कार्यालयको शिलन्यास गर्दै शाहले यस्तो बताएका हुन् । ल्याण्ड पोर्ट अथोरिटी अफ इन्डियाले नेपाल र भारतबीचको व्यापारमा महत्वपूर्ण भूमिका खेलिरहेको समेत बताए । ‘यो एकीकृत जाँचचौकीबाट दैनिक ७ हजार ट्रक आवतजावत गर्छन्,’ शाहले भने, ‘यो नेपाल र भारतबीच हुने कूल व्यापारको १४ प्रतिशत हो ।’  भारत सरकारले नेपालसँगको व्यापारलाई बढवा दिनका लागि कोअर्डिनेसन, कोअपरेशन र कोल्याब्रेसनको एजेन्डा अघि बढाइरहेको छ ।उनले जोगबनी एकीकृत जाँचचौकी नजिक सहस्त्र सिमा बल (एसएसबी)को भवन उद्घाटन गर्दै यस्तो बताएका हुन् ।साभार : रातोपाटी

`
12 comments
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

19 घन्टा पहिले

टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..

काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..

19 घन्टा पहिले

वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..

काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..

2 दिन पहिले

यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्..

काठमाडौं, असाेज २ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले भोगिरहेको जलवायुजन्य विपद्को मानव..

2 दिन पहिले

राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार म..

काठमाडौं, असाेज १ : राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण ..

3 दिन पहिले