Janakpurdham
Sat, May 10, 2025
`

नेपालको सीमा नाकामा १९ वटा भन्सार कार्यालय स्थापना गर्दै भारत

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

एजेन्सी, भदौ ३१ गते । भारतीय गृहमन्त्री अमित शाहले बिहारका विभिन्न १० स्थानमा भन्सार कार्यालय स्थापना गर्ने बताएका छन् । उनले नेपालसँगको अन्तर्राष्ट्रिय व्यापार सुदृढ बनाउने लक्ष्यसहित विहारमा १० स्थानमा भन्सार स्थापनाको योजना अघि बढाउँदै कार्यालय स्थापना गर्ने स्थान पहिचान गरिएको बताएका हुन् ।भारतीय सञ्चार माध्यम ‘बिजनेस स्ट्याण्डर्ड’का अनुसार पहिचान गरिएका नयाँ ‘ल्याण्ड कस्टम स्टेसन’ (एलसीएस) ले ट्रान्जिट, भन्सार सेवा, अध्यागमन सेवा र कार्गो ह्याण्डलिङ गर्नेछन् । यस्तै, नेपाल–भारतबीच हुने वस्तु आयात–निर्यात र यात्रुको आवतजावतमा समेत ती कार्यालयले सेवा प्रदान गर्नेछन् ।भारतले नेपाल–भारत सीमा नाकामा थपिन लागेका कूल १९ यस्ता कार्यालय स्थापनाको योजना अघि बढाएको छ । जसमध्ये १० कार्यालय बिहार राज्यमा मात्रै खोलिनेछन् । १० कार्यालयहरु बिहारको विभिन्न जिल्लामा स्थापना हुनेछन् । जसमध्ये कृष्णगञ्ज, सिटामर्ही, सुपाल, मधुबानी, पश्चिम चम्पारण लगायतका जिल्लामा स्थापना हुनेछन् ।जोगबनी एकीकृत जाँच चौकी नजिक नयाँ भन्सार कार्यालयको शिलन्यास गर्दै शाहले यस्तो बताएका हुन् । ल्याण्ड पोर्ट अथोरिटी अफ इन्डियाले नेपाल र भारतबीचको व्यापारमा महत्वपूर्ण भूमिका खेलिरहेको समेत बताए । ‘यो एकीकृत जाँचचौकीबाट दैनिक ७ हजार ट्रक आवतजावत गर्छन्,’ शाहले भने, ‘यो नेपाल र भारतबीच हुने कूल व्यापारको १४ प्रतिशत हो ।’  भारत सरकारले नेपालसँगको व्यापारलाई बढवा दिनका लागि कोअर्डिनेसन, कोअपरेशन र कोल्याब्रेसनको एजेन्डा अघि बढाइरहेको छ ।उनले जोगबनी एकीकृत जाँचचौकी नजिक सहस्त्र सिमा बल (एसएसबी)को भवन उद्घाटन गर्दै यस्तो बताएका हुन् ।साभार : रातोपाटी

`
12 comments
मधेश प्रदेशमा खेलकुदको पूर्वाधार निर्माण सरकारको उच्च ..

जनकपुरधाम , वैशाख २६ गते । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मधेश प्रदेशमा आयोजना हुने ११ औँ राष्ट्रिय खेलक..

9 घन्टा पहिले

जनकपुरधाममा भोलिदेखि तेस्रो मेयर कप क्रिकेट प्रतियोगित..

जनकपुरधाम ,वैशाख २५ गते । जनकपुरधाममा भोली देखि तेस्रो जनकपुरधाम मेयर कप टि–२० क्रिकेट प्रतियोगिता २०८२ हुने ..

1 दिन पहिले

भारत-पाकिस्तान द्वन्द्वपछि नेपाल-भारत सीमा र विमानस्थल..

काठमाडौं वैशाख २४ : भारत–पाकिस्तानबीचको द्वन्द्व चर्किएपछि सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा नि..

2 दिन पहिले

‘अपरेशन सिन्दूर’लाई जनकपुरधामबाट समर्थन—नेपाल–भारत ख..

जनकपुरधाम, वैशाख २४ गते । नेपाल भारत खुला सीमा संवाद समूहले भारत सरकारले पाकिस्तानका नौ स्थानमा गरेको ‘अपरेशन स..

2 दिन पहिले

बाढीले कमला नदीको अस्थायी पुल बगाउँदा हुलाकी सडक अवरुद्..

जनकपुरधाम ,वैशाख २३ गते । सिरहा र धनुषा जोड्ने कमला नदीमा बाढी आएपछि हुलाकी राजमार्ग अवरुद्ध भएको छ ।बाढीले अस्था..

3 दिन पहिले