Janakpurdham
Fri, Aug 07, 2026
`

मलंगवाको कर्फ्यू समय घटाइयो

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, असोज ८ गते । सर्लाहीको मलंगवा नगरपालिकामा मूर्ति सेलाउने क्रममा दुई समुदायबीच भएको झडपछि प्रशासनले लगाएको कर्फ्यूको समय चार दिनपछि छोट्याइएको छ ।प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवको अगुवाइमा आज बसेको समन्वय सहजीकरण बैठकले मलंगवा नगर क्षेत्रमा लगाएको कर्फ्यूको समय घटाएको हो । आज राति ८ बजेदेखि विहान ४ बजेसम्म कर्फ्यू रहनेछ ।अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्मका लागि राति ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको सीडीओ यादवले जानकारी दिए । यो आदेशसँगै आजदेखि दिनमा कर्फ्यू हटेको छ ।दिनको समयमा कर्फ्यू आदेश निष्कृय गरिएको भएतापनि सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमको मध्यनजर गर्दै साविक मलंगवा नगरक्षेत्र भित्र कुनै प्रकारको भेला हुन, जुलुस गर्न, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न निषेध गरिएको छ । 

सामाजिक सञ्जालमा सामाजिक सद्भाव बिगार्ने खालका हल्ला एवम् अफवाह फैलाउने व्यक्तिहरुको पहिचान गरी साइवर अपराध गरेको अभियोगमा कानूनबमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।असोज ४ गते साँझ मूर्ति सेलाउने क्रममा झडप भएको थियो । झडपका बेला एक युवकमाथि छुरा प्रहार गरिएको थियो । तोडफोड र ढुंगामुढा भएपछि प्रहरीले समेत स्थिति नियन्त्रणमा लिन नसक्ने अवस्था देखेर प्रशासनले राति सोही दिन राति १० बजेबाट अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो । साभार : नेपाल प्रेस

`
12 comments
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

15 घन्टा पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

15 घन्टा पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

2 दिन पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

2 दिन पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

3 दिन पहिले