Janakpurdham
Tue, Apr 21, 2026
`

माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपाल एसियाडको क्वाटरफाइनलमा, अविनाशले लिए ६ विकेट

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं,असोज १४ गते ।  नेपाल चीनमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनल पुगेको छ ।समूहको दोस्रो खेलमा नेपालले आइतबार माल्दिभ्सलाई १३८ रनले हराएको हो । २१३ रनको लक्ष्य पछ्याएको मालदिभ्स ७४ रनमा समेटियो । माल्दिभ्सलाई सस्तोमा समेट्न नेपालका अविनाश बोहरा एक्लैले ६ विकेट लिए । सोमपाल कामी, गुल्सन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक-एक विकेट हात पारे ।

अविनाशले ३.४ ओभरमा ११ रन मात्र खर्चिएका थिए । माल्दिभ्सका तीन ब्याट्सम्यानले दोहोरो अंकमा रन जोडे । मध्यक्रमका मुआभियाथ गानीले ३६ रन बनाए । त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन जोड्यो । 

नेपालका लागि कप्तान रोहित पौडेलले ५२ , गुल्सन झाले ३५, कुशल मल्लले अविजित ४७ र कुशल भुर्तेलले ३५ रन बनाए । ६७ रनमा ४ विकेट गुमाएको अवस्थामा नेपाललाई रोहित, गुल्सन र कुशल मल्लले सम्हालेका थिए । मल्लले २० बलमा २ छक्का र ३ चौका प्रहार गरे । रोहितले २७ बलमा ३ छक्का र ३ चौका हिर्काए । गुल्सनले २१ बलमा तीन छक्का र १ चौका प्रहार गरे । पहिलो बलमा छक्का प्रहार गरेका दीपेन्द्रसिंह ऐरी दोस्रो बलमा आउट भए ।नेपालले पहिलो खेलमा मंगोलियामाथि विश्व कीर्तिमान जित हात पारेको थियो।साभार : नेपाल प्रेस

`
12 comments
गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग

काठमाडौं, वैशाख ७ : गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली ..

19 घन्टा पहिले

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अ..

काठमाडौं, वैशाख ७ : नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अ..

19 घन्टा पहिले

कांग्रेसको ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ले प..

काठमाडौं, वैशाख ६ : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक राय–सुझाव दिन पार्टी उपसभापति ..

2 दिन पहिले

अभिव्यक्ति स्वतन्त्रताका नाममा भ्रामक सामग्री फैलाउनु ..

नुवाकाेट, वैशाख ६ : सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.बिक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रलाई हल्ला र अपुष्ट सूचन..

2 दिन पहिले

सीमा तनाव समाधान र भन्सार नीति सुधार गर्न सरकारसँग संवाद..

जनकपुरधाम, बैशाख ५ गते । नेपाल–भारत खुला सीमा संवाद समूहले सीमामा देखिएको पछिल्लो तनाव व्यवस्थापन गर्दै भन्सार..

3 दिन पहिले