Janakpurdham
Tue, Apr 21, 2026
`

इजरायल गएको २४ दिनमै मारिए आनन्द, एक्लो छोराको वियोगले परिवारमा बज्रपात

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम , असोज २२ गते ।  शनिवार इजरायलमा भएको हमासको हमलामा १० नेपालीको ज्यान गएको पुष्टि भएको छ । जसमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ४ सपहीका आनन्द साह पनि छन् ।साह भदौ २६ गते अर्थात् २६ दिन अगाडी मात्रै इजरायल कृषि तालिमका लागि पुगेका थिए । इजरायल पुगेको २४ दिनमै उनको मृत्यु भएपछि परिवारमा बज्रपात परेको छ । घरमा आमा–बुवा र बहिनीहरू बेहोस छन् ।लक्ष्मीनियाँ गापा ४ का वडाध्यक्ष रमेश साहका अनुसार हमलाको एक दिन अगाडी शुक्रवार आनन्दले आफ्नो बहिनीसँग फोनमा कुरा गरेकी थिए । आनन्दका बुवा सोमन साह किसान छन् । खेत गएका कारण बुवा र आमाको छोरासँग कुरा भएन ।बहिनीलाई आनन्दले फोनमा ‘म यहाँ ठिक छु, तिमीहरू राम्रोसँग बस्नु’ भनेका थिए– वडाध्यक्ष साहले सुनाए ।आतंकी हमलाको खबर पाएपछि आनन्दसँग फोनमा सम्पर्क गर्न उनका दिदीले कैयन प्रयास गरिन् । तर मोबाइलमा रिङ्ग जान्छ, रिसिभ हुँदैनन् । फोन रिसिभ नभएपछि उनलाई घटनाको शंका लागिसकेको थियो ।

तर सरकारले हिजो साँझ १० नेपालीको मृत्यु भएको सूची जारी गरेपछि मात्र आनन्दको मृत्युको पुष्टि भयो । वडाध्यक्ष साह भन्छन्- आनन्दको मृत्युको खबरले हामी मर्माहत छौँ । सपहीबासी शोकमा डुबेका छन् । उनका आमा–बुवा बेहोस छन् । घरमा चुलो बलेको छैन । सबै भोक भोकै छन् ।

‘आनन्द एक्लो छोरा थिए’, वडाध्यक्ष साहले भने, ‘तर उनी नै नरहेपछि आमा–बुवाका लागि सर्वस्व नै गुमाएको छ ।’ उनको घरको अवस्था दयनीय छ ।

स्थानीयले गरे सडक अवरुद्ध

मृतक आनन्दका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै सपहीबासी जनकपुर–ढल्केबर सडक अवरुद्ध पारेका छन् ।सडकमा टायर बाल्दै स्थानीय युवाहरू सडक अवरुद्ध पारेका हुन् । उनीहरू सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।सडक अवरुद्ध पारेपछि सयौँ सवारी साधन अलपत्र परेका छन् । स्कुल बसहरूसमेत रोकिएको छ ।

साभार : नेपाल प्रेस

`
12 comments
गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग

काठमाडौं, वैशाख ७ : गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली ..

18 घन्टा पहिले

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अ..

काठमाडौं, वैशाख ७ : नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अ..

18 घन्टा पहिले

कांग्रेसको ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ले प..

काठमाडौं, वैशाख ६ : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक राय–सुझाव दिन पार्टी उपसभापति ..

2 दिन पहिले

अभिव्यक्ति स्वतन्त्रताका नाममा भ्रामक सामग्री फैलाउनु ..

नुवाकाेट, वैशाख ६ : सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.बिक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रलाई हल्ला र अपुष्ट सूचन..

2 दिन पहिले

सीमा तनाव समाधान र भन्सार नीति सुधार गर्न सरकारसँग संवाद..

जनकपुरधाम, बैशाख ५ गते । नेपाल–भारत खुला सीमा संवाद समूहले सीमामा देखिएको पछिल्लो तनाव व्यवस्थापन गर्दै भन्सार..

3 दिन पहिले