एमाले सचिव योगेश भट्टराई भन्छन्- हाम्रो ध्यान मधेशमा एमालेको तागत बढाउन केन्द्रित छ (भिडिओ)
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, असोज २३ गते । नेकपा एमालेका सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले मधेश प्रदेश र सबै स्थानीय तहमा एमालेको सरकार आवश्यक भएको बताएका छन् ।
एमाले मधेश प्रदेश अधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो धारणा राखे । उनले भने, ‘मधेशमा अहिले एमालेको जुन तागत छ, त्यो बढाउन चाहन्छु आउने चुनावबाट । एमालेको मुख्यमन्त्री चाहिन्छ । १३६ वटै पालिकामा एमालेको प्रमुख हुनुपर्छ । अब यो अधिवेशनबाट हाम्रो ध्यान यता गएको छ ।’एमाले प्रदेश अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ तय गरिएको छ । यसबारे उनले मधेशको स्वाभिमान उठाउनुपर्ने र सगरमाथाको शिरसम्म पुर्याउने बताए ।उनले सबै तहमा एमालेले नेतृत्व पाए मात्र मधेशको समृद्धि सम्भव हुने दाबी गरे ।नेता भट्टराईले एमाले लोकतान्त्रिक पार्टी भएकाले पार्टीभित्र सबैलाई प्रतिस्पर्धा गर्ने अवसर रहेको उल्लेख गरे । उनले स्वच्छ र मर्यादित ढंगले प्रदेशको नेतृत्व चयन गर्ने बताए ।साभार : नेपाल प्रेस
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
14 घन्टा पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
14 घन्टा पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
2 दिन पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
2 दिन पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
3 दिन पहिले