Janakpurdham
Sun, Apr 19, 2026
`

जनकनन्दिनीका आमा समुहलाई पोसिलो जाउलो बनाउन सिकाइयो

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम असोज २५ गते । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ प्रखे महुवाका आमा समुहलाई बुधबार पोसिलो जाउलो बनाउन सिकाइएको छ । सामाजिक विकास र अनुसन्धान केन्द्रको आयोजना तथा प्लान ईन्टरनेसनल नेपालको आर्थिक सहयोगमा संचालित बालबालिका सपना परियोजना अन्तरगत ति आमा समुहलाई पोसिलो जाउलो बनाएरै देखाइएको र यसै प्रकारले प्रत्येक दिन नियमित रुपमा आफ्नो बालबालिकालाई पोसिलो जाइलो खुवाउनु पर्ने जानकारी दिएको परियोजनाका कार्यक्रम संयोजक बिबश श्रेष्ठले जानकारी दिनुभयो । आमा समुहको अगाडी नै चार प्रकारको खानाका सामग्रीहरु प्रदर्शन गरि त्यसको महत्वबारे सबैलाई जानकारी गराइएको थियो । घरवरपर तथा बजारमा सजिलै पाइने अन्न, कन्दमुल, गेडागुडी,हरियो सगापात तथा पहेलो फलफुल,पशुपंक्षिजन्य पदार्थबाट जाउलो बनाएर बालबालिकालाई नियमित रुपमा खुवाउदा यसले उनिहरुको शारीरिक ,मानसिक र बौद्धिक विकासमा मदत गर्छ । कार्यक्रम संयोजक श्रेष्ठले आफैले पोसिलो जाउलो बनाई साना बालबालिकाहरुलाई खुवाउन लगाएका थिए । यसरी पोसिलो जाउलो अब उपरान्त आफ्ना बालबालिकाहरुलाई बनाएर दिने सहभागी आमा समुहका सदस्यहरुले बताए । बालबालिकाहरुको स्वास्थ्यका लागि चाहिने आवश्यक पौष्टिक तत्व पुरा गर्न पोसिलो जाउलोको महत्वपुर्ण योगदान रहेको हुन्छ । घरमा उपलब्ध विभिन्न प्रकारका खानेकुरालाई मिलाएर पोसिलो जाउलो बनाई नियमित रुपमा सानो नानीहरुलाई खुवाउदा उनिहरुलाई कुपोषणबाट बचाउन सकिन्छ ।

`
12 comments
सीमा तनाव समाधान र भन्सार नीति सुधार गर्न सरकारसँग संवाद..

जनकपुरधाम, बैशाख ५ गते । नेपाल–भारत खुला सीमा संवाद समूहले सीमामा देखिएको पछिल्लो तनाव व्यवस्थापन गर्दै भन्सार..

17 घन्टा पहिले

सर्वोच्च अदालतको निर्णयले पार्टीलाई बलियो बनाउने यात्र..

काठमाडौं, वैशाख ५ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्वोच्च अदालतको फैसलाले पार्टीलाई फेरि बलियो बनाउ..

17 घन्टा पहिले

कानून समितिमा रास्वपाकी सांसद समीक्षा बास्कोटा निर्विर..

काठमाडौं, वैशाख ४ : कानून न्याय तथा मानवअधिकार समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समी..

2 दिन पहिले

शिक्षा समितिको सभापतिमा डा.ओजस्वी शेरचन चयन

काठमाडौं, वैशाख ४ : प्रतिनिधि सभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वत..

2 दिन पहिले

संघ-प्रदेश सहकार्य सुदृढ बनाउने विषयमा प्रधानमन्त्री र ..

काठमाडौँ , वैशाख ३ गते । प्रधानमन्त्री बालेन्द्र शाहले सात प्रदेशका मुख्यमन्त्रीहरूसँग आज समसामयिक विषयमा छ..

3 दिन पहिले