Janakpurdham
Fri, Aug 07, 2026
`

कैलाश पर्वतको यात्रामा मोदी, चुच्चे नक्सा नाघ्दै नेपाली भू-भागको भ्रमण गर्ने

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,असोज २५ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कैलाश पर्वतको दर्शनका लागि जाने भएका छन् । यस क्रममा उनी नेपालको चुच्चे नक्साभित्र समेटिएका स्थानहरूमा समेत पुग्ने कार्यक्रम छ ।नेपालको दार्चुलासँग सीमा जोडिएको धार्चुला हुँदै मोदी कैलाश पर्वत र पार्वती सरोवर दर्शन गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।बिहीबार बिहान साढे ९ बजे उनले नेपाली सीमाभित्र रहेका गुञ्जीका सात गाउँ (गुञ्जी, नाभि, कुटी, रोङकाङ, चपलच्यु गर्ब्याङ र बुदी) को भ्रमण गर्ने जनाइएको छ । त्यहाँका ३० जना स्थानीयवासीसँग मोदीले भेटघाट र छलफल गर्नेछन् । यस विषयमा नेपाली पक्ष अनभिज्ञ देखिएको छ ।मोदीले त्यहाँ उनले भारतीय सेना, आइटीवीपी, एसएसबी र सुरक्षा अधिकारीहरूसँग भेटघाट र फोटो सेसन गर्ने तय भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।त्यसैगरी मध्यान्ह १२ बजे अल्मोडाको जागेश्वर धामको दर्शन र पूजापाठ गर्नेछन् । दिउँसो साढे २ बजे पिथौरागढमा आयोजित सभालाई सम्बोधन कार्यक्रम तय भएको छ ।उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी बिहीबार दिनभरि प्रधानमन्त्री मोदीसँगै भ्रमणमा रहनेछन् ।नेपालको चुच्चे नक्सामा समेटिएको सो क्षेत्रमा हुने मोदीको भ्रमणका विषयमा नेपालमा कुनै चर्चा छैन ।सरकारी निकाय, राजनीतिक दल र सामाजिक सञ्जाल प्रयोगकर्तासमेत यो बारे बेखवर जस्तै छन् । सीमा क्षेत्रमा पनि सन्नाटा छ ।
साभार : नेपाल प्रेस

`
12 comments
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

14 घन्टा पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

14 घन्टा पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

2 दिन पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

2 दिन पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

3 दिन पहिले