इजरायलबाट अन्य नेपालीलाई पनि आवश्यकताअनुसार ल्याउँछौं : परराष्ट्रमन्त्री
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं,असोज २६ गते । इजरायलबाट नेपालीको उद्धारपछि परराष्ट्रमन्त्री एनपी साउदले इजरायलबाट नेपाल फर्कन चाहेका ५०३ जनामध्ये २५४ जनालाई ल्याइएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरणपछि सञ्चारकर्मीसँग उनले अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिए ।मन्त्री साउदले जोखिमपूर्ण स्थानबाट स्थानान्तरण गर्न आवेदन गरेका ५४ जनालाई सुरक्षित स्थानमा सारिएको बताए । इजरायलमा चारजना नेपाली घाइते भएकोमा एकजना उपचारपछि आजै स्वदेश फर्किएको उनले बताए ।‘आक्रमणमा परी सम्पर्कविहीन भएका विपीन जोशीको खोजी निरन्तर जारी छ’, साउदले भने, ‘यस विषयमा थप जानकारी प्राप्त हुनासाथ जानकारी गराउने छौं ।’इजरायलमाथि हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको र उनीहरूको शव नेपाल ल्याउन इजरायल सरकारसँग समन्वय भइरहेको पनि उनले बताए ।हाल तेल अभिवबाट नियमितरूपमा व्यावसायिक हवाई उडान पनि सञ्चालन भइरहेकाले यसपटक छुटेकालाई आवश्यकताअनुसार फर्काउनले उनको भनाइ छ ।उद्धार गरी नेपाल ल्याइएकालाई उपत्यकाका विभिन्न गन्तव्यमा पुर्याउन विमानस्थलमा नेपाल प्रहरीका तीन वटा बस तयारी अवस्थामा राखिएको थियो ।साभार : नेपाल प्रेस
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
13 घन्टा पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
13 घन्टा पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
2 दिन पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
2 दिन पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
3 दिन पहिले