Janakpurdham
Tue, Mar 24, 2026
`

८ बुँदे लालबन्दी घोषणा पत्र जारी गर्दै नेपाल प्रेस युनियन मधेस प्रदेश समितिको प्रादेशिक भेला सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,असोज २७ गते ।  नेपाल प्रेस युनियन मधेस प्रदेश समितिको प्रादेशिक भेला ८ बुँदे लालबन्दी घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ।नेपाल प्रेस युनियन मधेस प्रदेश समितिको आयोजनामा नेपाल प्रेस युनियन सर्लाही शाखाको आतिथ्यतामा प्रेस युनियनको संगठन विस्तार तथा सुदृढीकरणका विषयमा सघन छलफल गरी असोज २६ र २७ गते सर्लाहीको लालबन्दीमा सम्पन्न भएकाे भेलाले ८ बुँदे लालबन्दी घोषणा पत्र जारी गरेको हाे ।भेला पश्चात युनियनको मधेस प्रदेश महासचिव अजयकुमार साहले जारी गरेको घोषणापत्रमा नेपाल प्रेस युनियनलाई सबल, सक्षम र श्रमजीवी पत्रकारहरूका हितमा पक्षमा काम गर्दै गतिशील संगठन बनाउन नेपाल प्रेस युनियन मधेस प्रदेशका आठ वटै जिल्ला समितिलाई परिचालन गर्ने , प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै व्यावसायिक पत्रकारिता तथा सञ्चार माध्यमको संस्थागत विकास गर्नका लागि सरोकारवाला निकायसँग सहकार्य गरेर काम गर्ने , नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियानमा प्रेस युनियनलगायतका संस्थाहरूबीच भएको पूर्वसहमति विपरीतका कार्यप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै सदस्यता शुद्धीकरणका नाममा भएका कतिपय गतिविधिबाट व्यावसायिक तथा मापदण्ड पुरा गरेका पत्रकारहरु वञ्चित भएकाले न्यायोचित रुपमा मापदण्ड अनुसार पत्रकारलाई सदस्यता दिने व्यवस्था मिलाउन पत्रकार महासंघको ध्यानाकर्षण समेत गराएकाे छ।

त्यसैगरी घोषणापत्रमा नेपाल पत्रकार महासंघलाई सबै आस्था, विचार भएका पत्रकार सम्बद्ध संस्थाहरुलाई समेटेर नेपाल प्रेस युनियनको नेतृत्वमा पत्रकार महासंघको सर्वसम्मत नेतृत्व चयन गर्न पहल गर्ने , व्यावसायिक पत्रकारिताको विकास, दक्ष जनशक्ति उत्पादन, विधागत पत्रकारिताको प्रवद्र्धनका लागि नेपाल प्रेस युनियन केन्द्रीय समितिले घोषणा गरेको पत्रकार प्रशिक्षण वर्ष २०८० लाई सफल बनाउन युनियनको प्रदेश समिति र जिल्ला शाखालाई परिचालन गर्ने ,सञ्चार माध्यम र पत्रकारिता क्षेत्रको विकासका लागि प्रदेश सरकारले सञ्चार माध्यमलाई दिने लोककल्याणकारी विज्ञापन बापतको रकम वृद्धि गर्न, स्वरोजगारमूलक सञ्चारमाध्यमहरुको संरक्षण र संवद्र्धनमा विशेष जोड दिँदै पत्रकारको क्षमता विकासका लागि बजेटको व्यवस्था गर्न जोडदार माग समेत गरेकाे छ।

त्यस्तै सञ्चार माध्यममा सहभागिता र विषयवस्तुमा समावेशीतालाई ध्याद दिँदै लैगिङ्गकमैत्री बनाउन र गोलभेँडाको सहरका नामले परिचित सर्लाहीको लालबन्दी नगरमा कृषिक्षेत्रको दिगो विकासमार्फत् पर्यटन प्रवद्र्धनका ठोस तथा उपलब्धिमूलक काम गर्न सम्बद्ध निकायसँग माग गरेको घोषणा पत्रमा उल्लेख गरिएको छ।

भेलामा नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष शिव लम्साल, उपाध्यक्षद्वय जीवन भण्डारी, अनिल कर्ण र महासचिव दिलिप पौडलको उपस्थितिमा पत्रकारको सदस्यता शुद्धिकरण तथा क्षमता र दक्षता अभिवृद्धिको सन्दर्भमा नेपाल प्रेस युनियन मधेस प्रदेश समितिको आयोजनामा प्रदेशभरिको आठ वटै जिल्लाका प्रजातान्त्रिक पत्रकारको उपस्थिति रहेको थियो ।साभार : शिरीष न्युज


 

`
12 comments
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

21 घन्टा पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

21 घन्टा पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

2 दिन पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

2 दिन पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

3 दिन पहिले