Janakpurdham
Fri, Aug 07, 2026
`

एनप्यावसन धनुषाको नव निर्वाचित पदाधिकारीहरुको शपथग्रहण तथा पद हस्तान्तरण समारोह सम्पन्न

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपेश मल्लिक
जनकपुरधाम, असोज २७ गते । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल धनुषाको नव निर्वाचित पदाधिकारीहरुको शपथग्रहण तथा पद हस्तान्तरण समारोह सम्पन्न भएको छ । शनिवार निर्वाचनबाट निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई एक कार्यक्रमका बिच पद हस्तान्तरण र शपथ ग्रहण गराईएको हो । नेकपा एमालेकी नेतृ एवम धनुषा क्षेत्र नं. ३ का प्रतिनीधि सभा सदस्य जुली कुमारी महतोको प्रमुख आतिथ्य एवम् राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल धनुषाका नव निर्वाचित अध्यक्ष आशिष झाको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेश प्रदेशका प्रदेश सभा सदस्य रामसरोज यादव , दिपेन्द्र ठाकुर , राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालका केन्द्रिय अध्यक्ष पाण्डव हमाल सहितका व्यक्तिहरुको उपस्थिति रहेको थियो । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल धनुषाको अधिवेशनबाट अध्यक्षमा आशिष झा , उपाध्यक्षमा प्रमोद अग्रवाल , अनिल अग्रवाल सचिवमा दिपेन्द्र कुमार चौधरी , कोषाध्यक्षमा अभिषेक चौधरी , सह—सचिवमा कञ्चन कर्ण र सह कोषाध्यक्षमा अताबुल अहमद रहेका छन । त्यस्तै सदस्यहरुमा महेन्द्र महतो , राजु यादव , डा.सन्तोष कुमार कर्ण , मिरा पाण्डे र सुर्यनाथ गोईत रहेका छन ।

`
12 comments
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

13 घन्टा पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

13 घन्टा पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

2 दिन पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

2 दिन पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

3 दिन पहिले