Janakpurdham
Sun, Apr 19, 2026
`

विराटनगरमा युवतीमाथि सामूहिक बलात्कार, नाबालकसहित ३ यातायात मजदुर पक्राउ

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

विराटनगर,असोज २९ गते ।  विराटनगरमा २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ । घटनामा संलग्न आरोपमा प्रहरीले तीनजना यातायात मजदुरलाई पक्राउ गरेको छ ।पीडितले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले धनुषाको मिथिला विहारी नगरपालिका-११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय बालकलाई पक्राउ गरेको हो । तामाङ प्रदेश २४-००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन् । १६ वर्षीय बालक अर्को ट्रकका सहचालक हुन् ।मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले विराटनगर महानगरपालिका-३ मा आइतबार बिहानको राति घटना भएको बताए । घटनामा संलग्नहरू आइतबार राति ट्रक पार्किङ गरेर खाना खान विराटनगर बसपार्कस्थित होटलमा पुगेका थिए ।खाना खाएपछि सीटी सफारी चढेर ट्रक राखेको ठाउँमा उनीहरू फर्किएर आए । फर्किने क्रममा सफारीमै यात्रा गरिरहेकी युवतीलाई ललाइफकाइ ट्रक पार्किङ गरेको स्थानमा पुर्‍याएर सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी दाहालले जानकारी दिए ।साभार : नेपाल प्रेस

`
12 comments
सीमा तनाव समाधान र भन्सार नीति सुधार गर्न सरकारसँग संवाद..

जनकपुरधाम, बैशाख ५ गते । नेपाल–भारत खुला सीमा संवाद समूहले सीमामा देखिएको पछिल्लो तनाव व्यवस्थापन गर्दै भन्सार..

15 घन्टा पहिले

सर्वोच्च अदालतको निर्णयले पार्टीलाई बलियो बनाउने यात्र..

काठमाडौं, वैशाख ५ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्वोच्च अदालतको फैसलाले पार्टीलाई फेरि बलियो बनाउ..

15 घन्टा पहिले

कानून समितिमा रास्वपाकी सांसद समीक्षा बास्कोटा निर्विर..

काठमाडौं, वैशाख ४ : कानून न्याय तथा मानवअधिकार समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समी..

2 दिन पहिले

शिक्षा समितिको सभापतिमा डा.ओजस्वी शेरचन चयन

काठमाडौं, वैशाख ४ : प्रतिनिधि सभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वत..

2 दिन पहिले

संघ-प्रदेश सहकार्य सुदृढ बनाउने विषयमा प्रधानमन्त्री र ..

काठमाडौँ , वैशाख ३ गते । प्रधानमन्त्री बालेन्द्र शाहले सात प्रदेशका मुख्यमन्त्रीहरूसँग आज समसामयिक विषयमा छ..

3 दिन पहिले