किसानको जोखिम कम गर्न कृषि, पशुपन्छी बिमामा जोड
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, असोज ३० गते । मधेश प्रदेशका जिल्लाहरूमा किसानहरू कृषि बाली बिमाप्रति आकर्षित गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धनुषाले सरोकारवालाहरूको सहभागितामा आज जनकपुरधाममा अन्तरक्रिया गरेको छ ।
परियोजनाले धनुषा तथा महोत्तरीका किसान तथा कृषि बाली बिमा गर्ने प्रतिनिधिको सहभागितामा गरेको कार्यक्रममा कृषि बिमाको महत्त्व, बिमा गरेपछि पाउने लाभ तथा किसानलाई हुने फाइदाको विषयमा किसानलाई जानकारी दिइएको थियो । बिमा गराउँदा किसानले न्यून मात्रामा मात्र बिमाको प्रिमियम बुझाउनुपर्ने प्रावधान भए पनि जनचेतना तथा शिक्षाको अभावले कृषि बिमा गराउनेको सङ्ख्या मधेश प्रदेशमा न्यून रहेको छ ।

नेपालमा कृषि वाली, पशुपन्छी बिमा गर्ने प्रावधान रहेको भएपनि बिमा गराउनेको सङ्ख्या बढ्न सकेको छैन । कृषि बिमाको न्यून प्रतिशत रकम किसानले तिर्ने प्रावधान रहेको छ । ८० प्रतिशत बिमाको रकम नेपाल सरकारले नै तिरिदिने प्रावधान भएकाले व्यावसायिक रुपमा खेती गर्ने किसान तथा पशुपालक किसानले अनिवार्य रुपमा नै बिमा गराउनुपर्ने आवश्यकतामा विज्ञहरूले जोड दिनुभयो ।
अहिले पन्छीतर्फ ७ प्रतिशत, पशुतर्फ ५ प्रतिशत, मत्स्यतर्फ ३ प्रतिशत तथा बालीतर्फ ५ प्रतिशत मात्र किसानले बिमा गराए बापत प्रिमियम तिर्नुपर्ने प्रावधान भए पनि बैङ्कको लोन तथा अनुदान पाउनका लागि किसानहरुले बिमा गराउने गरेको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर इकाई धनुषाका प्रमुख युगल किशोर तिवारीले जानकारी दिनुभयो ।कार्यक्रममा कृषि तथा पशुपक्षी बिमा गराउने विभिन्न कम्पनीका प्रमुखहरू, किसानहरू, आयोजनाका विज्ञ कर्मचारीहरूको सहभागिता रहेको थियो ।
साभार : रेडियो नेपाल
नेपाल–भारत सुख–दुःखमा एकअर्काको साथमा रहनेछ : रक्षामन्..
नयाँदिल्ली, भदाै १५ : भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरी नेपा..
11 घन्टा पहिले
सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओ..
काठमाडौं, भदाै १५ : नेकपा एमालेले भोटेकोशी बाढी पीडितका लागि २० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ। सोमबार एमाले ..
11 घन्टा पहिले
बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन
काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..
1 दिन पहिले
विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..
काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..
1 दिन पहिले
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार
काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..
2 दिन पहिले