Janakpurdham
Sat, Jul 12, 2025
`

किसानको जोखिम कम गर्न कृषि, पशुपन्छी बिमामा जोड

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, असोज ३० गते ।  मधेश प्रदेशका जिल्लाहरूमा किसानहरू कृषि बाली बिमाप्रति आकर्षित गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धनुषाले सरोकारवालाहरूको सहभागितामा आज जनकपुरधाममा अन्तरक्रिया गरेको छ ।

परियोजनाले धनुषा तथा महोत्तरीका किसान तथा कृषि बाली बिमा गर्ने प्रतिनिधिको सहभागितामा गरेको कार्यक्रममा कृषि बिमाको महत्त्व, बिमा गरेपछि पाउने लाभ तथा किसानलाई हुने फाइदाको विषयमा किसानलाई जानकारी दिइएको थियो । बिमा गराउँदा किसानले न्यून मात्रामा मात्र बिमाको प्रिमियम बुझाउनुपर्ने प्रावधान भए पनि जनचेतना तथा शिक्षाको अभावले कृषि बिमा गराउनेको सङ्ख्या मधेश प्रदेशमा न्यून रहेको छ ।

नेपालमा कृषि वाली, पशुपन्छी बिमा गर्ने प्रावधान रहेको भएपनि बिमा गराउनेको सङ्ख्या बढ्न सकेको छैन । कृषि बिमाको न्यून प्रतिशत रकम किसानले तिर्ने प्रावधान रहेको छ । ८० प्रतिशत बिमाको रकम नेपाल सरकारले नै तिरिदिने प्रावधान भएकाले व्यावसायिक रुपमा खेती गर्ने किसान तथा पशुपालक किसानले अनिवार्य रुपमा नै बिमा गराउनुपर्ने आवश्यकतामा विज्ञहरूले जोड दिनुभयो ।

अहिले पन्छीतर्फ ७ प्रतिशत, पशुतर्फ ५ प्रतिशत, मत्स्यतर्फ ३ प्रतिशत तथा बालीतर्फ ५ प्रतिशत मात्र किसानले बिमा गराए बापत प्रिमियम तिर्नुपर्ने प्रावधान भए पनि बैङ्कको लोन तथा अनुदान पाउनका लागि किसानहरुले बिमा गराउने गरेको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर इकाई धनुषाका प्रमुख युगल किशोर तिवारीले जानकारी दिनुभयो ।कार्यक्रममा कृषि तथा पशुपक्षी बिमा गराउने विभिन्न कम्पनीका प्रमुखहरू, किसानहरू, आयोजनाका विज्ञ कर्मचारीहरूको सहभागिता रहेको थियो ।

साभार : रेडियो नेपाल

`
12 comments
खेलमा राजनीति नगर्न र एनपिएलको तयारी गर्न प्रधानमन्त्र..

ललितपुर, असार २६ : प्रधानमन्त्री केपी ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय ..

1 दिन पहिले

निर्वाचन निर्देशन अवज्ञा गर्ने २६ जनालाई कांग्रेसले गर..

काठमाडौं, असार २६ : नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले ०७९ को स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचन..

1 दिन पहिले

मधेश प्रदेशसभा बैठक तेस्रो दिन पनि अवरुद्ध- बजेट पुनर्ले..

जनकपुरधाम ,असार २५ गते । प्रतिपक्षी दलहरुले मधेशको प्रदेशसभा बैठक आज तेस्रो दिन पनि अबरुद्ध पारेका छन् । सभामुख र..

3 दिन पहिले

ससुराको हत्या गरेर फरार ज्वाइँ ७ दिनपछि पक्राउ

जनकपुरधाम ,असार २५ गते । छुरा प्रहार गरी आफ्नै ससुराको हत्या गरेका एक व्यक्तिलाई धनुषा प्रहरीले पक्राउ गरी सार्..

3 दिन पहिले

न्यायाधीश नियुक्तिमा परिषदलाई बारको ध्यानाकर्षण– अब आइ..

काठमाडौं, असार २४ : नेपाल बार एसोसिएसनले न्यायाधीश नियुक्तिमा सम्मानजनक प्रतिनिधित्वको माग गरेको छ।  सर्वोच्च ..

3 दिन पहिले