‘विद्रोही’ केदार कार्कीलाई विश्वासको मत दिने कांग्रेसको निर्णय, सत्ता पक्षकै पङ्तिमा बस्ने
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
विराटनगर,कार्तिक १ गते । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ । केही बेरअघि बसेको बैठकले कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको मन्त्री शमसेर राईले बताए ।केन्द्रको परिपत्रअनुसार प्रदेशसभामा सत्ता पक्षको रो मै बस्ने निर्णय भएको पनि राईले नेपाल प्रेसलाई बताए ।यस्तै उद्धव थापाले दिएको राजीनामा स्वीकृत नगरी अर्को व्यवस्था नभइन्जेलका लागि उनलाई नै दलको नेताको जिम्मेवारी दिइएको छ । थापा केही दिन अघि दलको नेताबाट राजीनामा दिएका थिए ।कोशीमा शेखर पक्षका ८ सांसदले विद्रोह गरेर एमालेसँगको समीकरणमा केदार कार्कीलाई मुख्यमन्त्रीको रूपमा अघि सारिएको थियो । दलको निर्णय कार्यान्वयन गराउन नसकेको भन्दै कोशी प्रदेश संसदीय दलको नेताबाट राजीनामा दिएका थिए ।एमालेको समर्थनमा कार्की मुख्यमन्त्री बनेका छन् । कार्कीले आजको प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।साभार : नेपाल प्रेस
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
13 घन्टा पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
13 घन्टा पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
2 दिन पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
2 दिन पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
3 दिन पहिले