फागुन १ लाई जनयुद्ध दिवस भनेर बिदा दिए कांग्रेसलाई स्वीकार्य हुँदैन : गगन थापा
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं,कार्तिक २ गते । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले फागुन १ गते जनयुद्ध दिवस नमान्ने बताएका छन् । प्रेस युनियन काठमाडौंको दसैँ शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै हालतमा कांग्रेसले जनयुद्ध दिवस मान्न नसक्ने प्रष्ट्याए ।थापाले भने, ‘अब केही दिनमै फागुन १ आउँदैछ । यो सरकारको प्रधानमन्त्री माओवादीको अध्यक्ष हुनुहुन्छ । हामी अघिल्लो सरकारमा थिएनौं । यो सरकारमा नयाँ आएका छौं । यो सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउँछु भनेर बिदा दिन्छु भन्यो भने कांग्रेसले हामी गठबन्धनमा छौं यसलाई मान्छौं भनेर स्वीकार गर्न सक्छ ? सक्दैन । हामी फागुन १ लाई दिवसको रूपमा मान्दैनौं । माओवादीको पनि केही कुरा होला हामीसँग ।’उनले प्रचण्ड, देउवा र माधव नेपाल बसेको बैठकलाई गठबन्धनको नभनेर दलका नेताहरूको भनेर लेख्न आग्रहसमेत गरे ।साभार : नेपाल प्रेस
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
13 घन्टा पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
13 घन्टा पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
2 दिन पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
2 दिन पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
3 दिन पहिले