Janakpurdham
Sun, Apr 19, 2026
`

घटस्थापनादेखि आजसम्म ४ लाख ६२ हजार यात्रु उपत्यकाबाट बाहिरिए

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं,कार्तिक ३ गते ।  नेपालीहरुको महान चाड विजया दशमीका लागि गाउँ फर्किनेहरुको भीड लागेको छ। कोटेश्वर, कलंकी, बालाजु, नयाँ बसपार्क लगायतका क्षेत्रबाट गाउँ फर्किनेहरु उल्लेख्य रहेका छन्। नयाँ बसपार्कदेखि कोटेश्वर र कलंकीदेखि नागढुंगासम्म नै घर फर्किनेहरुको उल्लेख्य छन्।काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार घटस्थापनादेखि शुक्रबार विहानसम्म लाख ६२ हजार यात्रु काठमाडौंबाट बाहिरिएका छन्। यो संख्या अझै बढ्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरक्षक राजेन्द्रप्रसाद भट्टले बताए।‘घटनस्थापनादेखि आज विहानसम्म काठमाडौं उपत्यकाका विभिन्न नाकाबाट ४ लाख ६२ हजार यात्रु बाहिरिएका छन्,’ प्रवक्ता भट्टले डिसी नेपालसँग भने, ‘यो संख्या अझै बढ्न सक्छ। किनभने नवमीको दिनसम्म बाहिरिनेको संख्या ठूलो हुन्छ।’ट्राफिक प्रहरीका अनुसार हाल दैनिक झण्डै एक लाखको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन्। हरेक वर्ष दशैँ, तिहार, छठ मनाउन काठमाडौं उपत्यकाबाट घर छोड्नेहरुको संख्या उल्लेख्य हुने गर्दछ।साभार : डिसी नेपाल

`
12 comments
सीमा तनाव समाधान र भन्सार नीति सुधार गर्न सरकारसँग संवाद..

जनकपुरधाम, बैशाख ५ गते । नेपाल–भारत खुला सीमा संवाद समूहले सीमामा देखिएको पछिल्लो तनाव व्यवस्थापन गर्दै भन्सार..

14 घन्टा पहिले

सर्वोच्च अदालतको निर्णयले पार्टीलाई बलियो बनाउने यात्र..

काठमाडौं, वैशाख ५ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्वोच्च अदालतको फैसलाले पार्टीलाई फेरि बलियो बनाउ..

14 घन्टा पहिले

कानून समितिमा रास्वपाकी सांसद समीक्षा बास्कोटा निर्विर..

काठमाडौं, वैशाख ४ : कानून न्याय तथा मानवअधिकार समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समी..

2 दिन पहिले

शिक्षा समितिको सभापतिमा डा.ओजस्वी शेरचन चयन

काठमाडौं, वैशाख ४ : प्रतिनिधि सभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वत..

2 दिन पहिले

संघ-प्रदेश सहकार्य सुदृढ बनाउने विषयमा प्रधानमन्त्री र ..

काठमाडौँ , वैशाख ३ गते । प्रधानमन्त्री बालेन्द्र शाहले सात प्रदेशका मुख्यमन्त्रीहरूसँग आज समसामयिक विषयमा छ..

3 दिन पहिले