
विश्वकपको सेमिफाइनलमा आज भारत र न्युजिल्यान्ड भिड्दै
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

नयाँ दिल्ली,कार्तिक २९ गते । घरेलु मैदानमा जारी एकदिवशीय विश्वकपको सेमिफाइनलमा भारतले बुधबार न्युजिल्यान्डको सामना गर्दै छ।वांखेडेमा नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुने खेलमा भारतीय टोली बलियो आत्मविश्वासमा देखिएको छ।लिग चरणमा भारतले सबै ९ खेल जितेको थियो। न्युजिल्यान्डको सेमिफाइनल यात्रा भने अन्तिम खेलपछि मात्र तय भएको थियो। न्युजिल्यान्डले ९ खेलमध्ये ५ वटामा जित हात पारेको थियो।भारतका विराट कोहलीले जारी प्रतियोगितामा २ शतक र ५ अर्धशतकसहित ५ सय ९४ रन बनाएका छन्। उनी सर्वाधिक रन जोड्ने ब्याट्सम्यान हुन्। एक शतक र ३ अर्धशतकसहित ५ सय ३ रन जोडेर रोहित शर्मा चौथो स्थानमा छन्। न्युजिल्यान्डका रचिन रविन्द्र ३ शतक र २ अर्धशतकसहित तेस्रो स्थानमा छन्।बलिङतर्फ भारतमा जसप्रित बुमराहले १७ विकेट लिएका छन्। उनी सर्वाधिक विकेट लिने बलरको सूचीमा पाचौँ स्थानमा छन्।न्युजिल्यान्डका मिचेल सान्टनर पनि १६ विकेटसहित नवौँ स्थानमा छन्। न्युजिल्यान्डले अहिलेसम्म विश्वकप जित्न सकेको छैन। गत संस्करणमा फाइनलसम्म पुगेपनि इङ्ल्यान्डसँग पराजित भएको थियो। भारतले सन् २०११ मा अन्तिमपटक यो प्रतियोगिता जितेको थियो। साभार : नेपाल प्रेस

मधेशका मुख्यमन्त्री- पार्टीमा स्पष्टीकरण दिन्छु, मुख्य..
जनकपुरधाम,असोज २ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेश सभामै आफूलाई परीक्षण गर्ने बत..
2 घन्टा पहिले
असाेज ३ लाई कालो दिनका रुपमा मनाउने संघीय मोर्चाको निर्ण..
काठमाडौं ,असोज २ गते । संघीय लोकतान्त्रिक मोर्चाले असाेज ३ लाई कालो दिनका रुपमा मनाउने भएको छ । संघीय लोकतान्त्रि..
2 घन्टा पहिले
कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गतेदेखि सञ्चालन
काठमाडौं, असोज १ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा तालिका सार्वजानिक गरेको छ। जसनुसार परिक्ष..
1 दिन पहिले
Gen-Z आन्दोलन मा शहीदहरूको सम्झनामा जनकपुरधाममा श्रद्धाञ्..
जनकपुरधाम, अशोज १ ।मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान (MISH) जनकपुरधामको प्राङ्गणमा बुधबार साँझ एक श्रद्धाञ्जली सभा..
1 दिन पहिले
मधेशका मुख्यमन्त्रीले राजीनामा दिन अटेर गरेपछि प्रतिपक..
काठमाडौं ,भदौ ३१ गते । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीना..
2 दिन पहिले