हेलिकप्टर दुर्घटनाका घाइइतेलाइ मेडिसिटी अस्पताल ल्याइयो
2 घन्टा पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, कात्तिक १७ : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर ठोक्किँदा एक भारतीय पर्यटकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार मंगलबार बिहान ८ बजेर ११ मिनेटमा फिस्टेल एयर र डाइनास्टिक एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा भारतीय नागरिक वसन्त कुमार बालारामारामाडुको मृत्यु भएको तामाङले नेपाल न्युज बैंकलाई जानकारी दिए । दुर्घटनामा घाइते भएका शैलेश कृष्ण पटेललाई प्रभु हेलिकप्टरमार्फत उद्धार गरी मेडिसिटी अस्पताल पु¥याइएको उनले बताए । प्रहरीका अनुसार पटेलसँग भारतीय राहदानी भए पनि उनी न्युजिल्यान्डका नागरिक हुन् ।
दुर्घटनामा मृत्यु भएका व्यक्तिको शव लुक्लास्थित अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न दुवै हेलिकप्टरका पाइलट सकुशल रहेको प्रहरी निरीक्षक तामाङले बताए । दुर्घटनाका बेला दुवै हेलिकप्टरमा कति यात्रु सवार थिए भन्ने विवरण खुल्न बाँकी छ । घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
साभार ः काठमाडौं प्रेस
हेलिकप्टर दुर्घटनाका घाइइतेलाइ मेडिसिटी अस्पताल ल्याइà..
काठमाडौं, कात्तिक १७ : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर ठोक्किँदा ..
2 घन्टा पहिले
रसेल बल र ब्याट दुवैमा चम्किँदा जनकपुरमाथि विराटनगरको रà..
काठमाडाैं, कात्तिक १७ : वेस्टइन्डिजका अलराउन्डर आन्द्रे रसेल बल र ब्याट दुवैमा चम्किएपछि नेपाल प्रिमियर लिगमा à..
2 घन्टा पहिले
पत्रकार धरपकडप्रति कांग्रेसको आपत्ति, संसदीय विशेष समिà¤..
काठमाडौं, कात्तिक १६ : नेपाली कांग्रेसले पत्रकारमाथि भएको धरपकडलगायत पछिल्ला सरकारी गतिविधिप्रति आपत्ति जनाउँद..
1 दिन पहिले
कांग्रेसले बोलायो विपक्षी दलहरुको बैठक
काठमाडौं, कात्तिक १६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरुको बैठक बोलाएको छ। सोमबार बिहान सिà¤..
1 दिन पहिले
गोरखाका समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता
काठमाडौं, कात्तिक १५ : गृहमन्त्री सुधन गुरुङले गोरखा जिल्लमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेà..
2 दिन पहिले