
कमला नदीमा पूर्णिमा मेला : ‘देवता’ खेल्ने भगता, धामीझाक्री र श्रद्धालुको घुइँचो
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम,मंसिर ११ गते । धनुषा र सिरहा जिल्ला जोडेको कमला नदीमा विशाल कार्तिक पूर्णिमा मेला लागेको छ । कमला नदीमा आज बिहानैदेखि स्नान गर्ने श्रद्धालु, भगता र धामीझाक्रीहरुको घुइँचो लागेको हो ।कमला नदीलाई गंगा सरह मानिन्छ । यहाँ कार्तिक पूर्णिमाको दिन स्नान, दान र व्रत गर्नाले मुक्ति मिल्ने जनविश्वास छ । सृष्टिको आरम्भदेखि नै यो दिनको खास महत्त्व रहेको छ । त्यसैले आजको दिन कमला स्नान गर्न गाउँगाउँबाट लाखौं मानिस उर्लिएका छन् ।सिरहाको बन्दिपुरमा पर्ने उत्तराहिनीदेखि भारत विहारको जयनगरसम्म कमला नदीको दुबैतिर जताततै घुइँचो देख्न सकिन्छ । सर्वसाधारण स्नान र पूजापाठ गरी फर्किन्छन् । तर धामीझाक्रीहरु नवभगतालाई सतबैद (शपथग्रहण) गराउन व्यस्त देखिन्छन् ।धामीले लोक भाकामा ‘महराई’ गाउँछन् । ‘महराई’ एक मन्त्र हो । मिर्दङ-मादल, झ्याली, ढोल र पिपही जस्ता बाजाको तालमा धामीले ‘महराई’ गाएपछि भगताको शरीरमा घरमा पूजिने कूलदेउता आउने मान्यता छ ।तराई/मधेशका प्रायः हरेक हिन्दूले घरमा कूलदेवता पूज्छन् । देवतालाई घरका एकजना जो शुद्धि प्राप्त गरेका हुन्छन्, उसले मात्र पूजा गर्छन् । यदि देउता पूजने घरको व्यक्ति अशुद्ध भयो वा निधन भयो भने परिवारकै अर्का व्यक्तिको शरीरमा देउता आउन थाल्छ ।देउता आउन थालेपछि कार्तिक पूर्णिमाकै दिन धामीको साहारामा शुद्धि प्राप्त गरिन्छ । शुद्धि प्राप्त गर्ने व्यक्तिलाई भगता भनिन्छ । धामीले कमलामा स्नानअघि भगतालाई ुसतबैदु अर्थात् शपथग्रहण गराउँछन् ।सिरहा नगरपालिका १ का धामी हरिदेव पासवान भन्छन्- ‘देउता र भगता दुबैलाई शपथग्रहण गराउँछौँ । कमलेश्वरी मातालाई साक्षी राखेर भगताले सधैँ श्रद्धापूर्वक पूजा दिने र कूलदेउताले घर-परिवारको रक्षा गर्ने वचन दिन्छन् । यसलाई हामी ‘सतबैद’ भन्छौं ।’पुरुष भगता पहेँलो धोती र महिला भगता पहेँलो रातो सारीमा सजिएका हुन्छन् । उनीहरु हातमा बलेको आगोसहितको माटोको ढकना (भाँडा) र बेतको लाठी घुमाउँदै चर्को स्वरमा कराउँछन् । भूत जस्तै हाउभाउ देखिने हुँदा ‘पूर्णिमा मेला’लाई भूत मेला भन्न थालिएको छ ।सर्वसधारणले कमला नदीमा स्नान गर्दै कमलेश्वरी मातासंग घर-परिवारको रक्षा, सुख शान्ति र समृद्धिको कामना गर्छन् । कतिपयले मनोकामना पुरा भएको भन्दै बोकाको बली समेत चढाउँछन् । प्रायः व्यक्तिले झाप, लड्डु र फलफूल समेत चढाउँदै पूजापाठ गरेका छन् ।कमला नदीमा स्नान गरेका सर्वसाधारण र सिद्धि प्राप्त गरेका भगता तथा धामीहरु नदीको तटमा दहीच्युरा खाने गर्छन् । यहाँको पानी कतिपयले घर लैजाने गर्छन् । कुनै पनि शुभ कार्य गर्नुअघि कमलाको पानी छर्किएपछि शुद्ध हुने जनविश्वास छ ।साभार : नेपाल प्रेस

मधेश प्रदेशमा खेलकुदको पूर्वाधार निर्माण सरकारको उच्च ..
जनकपुरधाम , वैशाख २६ गते । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मधेश प्रदेशमा आयोजना हुने ११ औँ राष्ट्रिय खेलक..
20 घन्टा पहिले
जनकपुरधाममा भोलिदेखि तेस्रो मेयर कप क्रिकेट प्रतियोगित..
जनकपुरधाम ,वैशाख २५ गते । जनकपुरधाममा भोली देखि तेस्रो जनकपुरधाम मेयर कप टि–२० क्रिकेट प्रतियोगिता २०८२ हुने ..
2 दिन पहिले
भारत-पाकिस्तान द्वन्द्वपछि नेपाल-भारत सीमा र विमानस्थल..
काठमाडौं वैशाख २४ : भारत–पाकिस्तानबीचको द्वन्द्व चर्किएपछि सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा नि..
3 दिन पहिले
‘अपरेशन सिन्दूर’लाई जनकपुरधामबाट समर्थन—नेपाल–भारत ख..
जनकपुरधाम, वैशाख २४ गते । नेपाल भारत खुला सीमा संवाद समूहले भारत सरकारले पाकिस्तानका नौ स्थानमा गरेको ‘अपरेशन स..
3 दिन पहिले
बाढीले कमला नदीको अस्थायी पुल बगाउँदा हुलाकी सडक अवरुद्..
जनकपुरधाम ,वैशाख २३ गते । सिरहा र धनुषा जोड्ने कमला नदीमा बाढी आएपछि हुलाकी राजमार्ग अवरुद्ध भएको छ ।बाढीले अस्था..
4 दिन पहिले