Janakpurdham
Thu, Apr 30, 2026
`

यस वर्ष २ ब्लकबस्टर फिल्म दिइसकेका शाहरूख खानको तेस्रो फिल्म डंकीको ट्रेलर सार्वजनिक

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,मंसिर १९ गते ।  २०२३ सालमा दुई वटा ठूला ब्लकबस्टर फिल्म दिएपछि शाहरुख खान आफ्नो तेस्रो फिल्मबाट धमाका गर्न तयार छन् । उनको अर्को फिल्म ‘डंकी’ को ट्रेलर आएको छ र यस पटक शाहरुख फरक अवतारमा देखिएका छन् ।फिल्ममा उनीसँगै तापसी पन्नु, विक्की कौशल, विक्रम कोचर र अनिल ग्रोवरको पनि महत्वपूर्ण भूमिका छ । निर्माताहरूले यसअघि डंकीको प्रोमो पनि सेयर गरेका थिए जसमा सबै कलाकारहरू देखिएका थिए। तर अब ट्रेलरमा ‘डंकी’ को कथा अलि बढी देख्न सकिन्छ । चलचित्रको कथा टाइम लीप हो र यो २५ वर्ष पहिले सुरु भई हालसम्म पुग्नेछ ।ट्रेलरमा ‘डंकी’ को कथा सन् १९९५ बाट सुरु हुन्छ र शाहरुखसहित सबै कलाकार युवा भूमिकामा देखिएका छन् । रमाइलो ढंगले सुरु भएको कथा बिस्तारै गम्भीर विषयमा परिणत हुँदै आधुनिक युगमा पुग्छ जहाँ शाहरुख बूढो देखिन्छन् ।पञ्जाबको लाल्टु इलाकामा लण्डन जाने क्रेजमा ५ युवायुवती अङ्ग्रेजी कक्षा लिइरहेको देखिएका छन् । राजकुमार हिरानीको फिल्ममा सधैं देखिने बोमन इरानी यसपटक अंग्रेजी शिक्षकको भूमिकामा देखिएका छन् ।बल्ली (अनिल ग्रोभर) कपाल काट्ने सैलुनमा काम गर्छन् र बग्गु (विक्रम कोचर) कपडा पसलमा काम गर्छन्। विक्की कौशलको क्यारेक्टर सुखी लन्डन गएर जागिर पाउने सपना देखिरहेको छ तर अंग्रेजीमा कमजोर छ । यी सबैसँगै तापसी मन्नुको भूमिकामा छिन् । शाहरुखसँग उनको रोमान्टिक एङ्गल छ ।‘डंकी’ को ट्रेलरले यी पाँचका लागि अंग्रेजी सिक्नु ठूलो चुनौती बनेको देखाएको छ । उनीहरूलाई भिसा प्राप्त गर्न कठिनाइ हुन्छ र लन्डनको उनीहरूको सपना अड्किएको छ।अन्ततः, शाहरुखले अंग्रेजी नजानेर पनि लन्डन जान सक्ने बाटो खोज्छन्। यो लन्डन जाने अवैध बाटो हो जसलाई ‘डंकी’ भनिन्छ ।‘डिंकी’ को ट्रेलरको एउटा विशेषता भनेको राजकुमार हिरानीले फिल्म समस्यामा पर्नुको कारण अर्थात् कथाको द्वन्द्वबारे खुलासा गरेका छैनन् । ट्रेलरमा लन्डन जान लागेका यी युवाहरु कुनै न कुनै समस्यामा परेको संकेत देखाइएको छ । तर हार्डी (शाहरुख) अर्थात् हरदयाल सिंह ढिल्लन त्यहाँबाट बच्न सफल हुन्छन् । र, ३० वर्षपछि उनले आफ्ना साथीहरूलाई बचाउने जिम्मेवारी लिएका छन् ।साभार : डिसी नेपाल

`
12 comments
मालपोत कार्यालय सेवा प्रवाहको डिजिटल अनुगमन सुरु

काठमाडौं, वैशाख १६ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले देशभरका मालपोत कार्यालयहरूबाट..

17 घन्टा पहिले

जनकपुरधाममा मासुमा ठगी र अस्वस्थकर अभ्यास बढ्दो, उपमहान..

जनकपुरधाम , वैशाख १६ गते ।  दिनप्रतिदिन बढ्दै गएको महँगीका बीच उपभोक्ताले गुणस्तरीय वस्तु नपाउने समस्या झन् गम्..

18 घन्टा पहिले

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

काठमाडौँ, वैशाख १५ : आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि..

2 दिन पहिले

नेपालकाे आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने

काठमाडौं, वैशाख १५ : राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार आर्थिक वर्ष २०८२/८३ ..

2 दिन पहिले

नेता चयन ढिला भयो तर परिपक्व भयो : सभापति थापा

काठमाडौं, वैशाख १४ : नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन्। सोमबार नै बसे..

2 दिन पहिले