Janakpurdham
Wed, Nov 04, 2026
`

अमिताभले छोरीलाई बंगला दाइजो दिएपछि बच्चन परिवारमा भाँडभैलो, ऐश्वर्या र अभिषेक डिभोर्सको संघारमा !

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,मंसिर २० गते ।  बलिउडका रियल कपल ऐश्वर्या राय र अभिषेक बच्चनबीचको दाम्पत्य सम्बन्धमा दरार आएको लामो समय भयो । अब भने बच्चन परिवारभित्रको विवाद छताछुल्ल भएर पोखिन थालेको छ ।हालै अभिषेकका बाबु अमिताभ बच्चनले आफ्नी छोरी श्वेतालाई पारिवारिक सम्पत्तिका रूपमा रहेको बंगला दाइजो दिएको समाचार भारतीय सञ्चारमाध्यमहरूमा आएका थिए । यसको फलोअपमा अर्को सनसनीपूर्ण समाचार आएको छ कि उक्त निर्णयपछि अमिताभ र ऐश्वर्याबीच ठूलै तनाव सिर्जना भएको छ । अमिताभले ऐश्वर्यालाई इन्टाग्राममा अनफलो गरेको समाचार केही मिडियाले प्रकाशित गरेका छन् ।छोरीलाई बंगला दिएपछि बुहारी रिसाएको अनुमान गरिएको छ । साथै, केही समयदेखि ऐश्वर्या घरमा नबसेर माइतीमा बस्दै आएकी छन् । ऐश्वर्या र अभिषेक सार्वजनिक रूपमा एकसाथ नदेखिएको पनि धेरै समय बितिसकेको छ । जहाँ जाँदा पनि ऐश्वर्याले छोरी आराध्यलाई लिएर हिँड्ने गर्छिन् । अभिषेक उनीहरूसँग देखिँदैनन् ।अभिषेक गएको कार्यक्रममा ऐश्वर्याका आमाछोरी हुँदैछन् भने ऐश्वर्याका आमाछोरी गएको कार्यक्रममा अभिषेक हुँदैनन् । केही समययता अभिषेकले आफ्नो विवाहको औँठी पनि लगाउन छोडेका छन् । पहिले उनी सँधै लगाउने गर्थे ।हालै ऐश्वर्या रायको जन्मदिनमा अभिषेकले उनलाई शुभकामना दिएका थिए । तर, परिवारका अरु कुनै पनि सदस्यले बर्थ डे विस गरेनन् । यो हाइप्रोफाइल परिवारमा सबै ठिकठाक नचलिरहेको संकेत मिल्छ ।ऐश्वर्या र अभिषेकको पहिलो भेट सन् १९९९ मा फिल्म ‘ढाइ अक्षर प्रेम के’ को सेटमा भएको थियो । त्यहाँदेखि उनीहरू साथी बनेका थिए । सन् २००५ मा ‘उमराव जान’मा सँगै काम गर्दा उनीहरू प्रेममा परे । उनीहरूको विवाह २००७ को अप्रिलमा भएको थियो ।विवाहको केही समयपश्चात् नै ऐश्वर्या र अभिषेककी आमा जया बच्चनबीच सम्बन्ध बिग्रिएको समाचारहरू आउन थाले । विवाहपछि रिलिज भएको चलचित्र ‘धूम’ मा ऐश्वर्या र ऋतिक रोशनबीच डिप किसको दृश्य थिए । यसलाई लिएर अमिताभ र जया ऐश्वर्यासँग असन्तुष्ट बनेका थिए । सो चलचित्रको रिलिजपश्चात उक्त दृश्य काट्नका लागि बच्चन परिवारले फिल्म प्रोड्यूसरलाई दबाब पनि दिएका थिए ।विवाहपछि पनि ऐश्वर्या फिल्ममा सक्रिय हुन चाहन्थिन् । तर, बच्चन परिवार उनलाई अन्य हिरोहरूको अंगालोमा देख्न चाहन्थेन । समस्या यहीँबाट सुरु भएको बताइन्छ ।सन् २०११ मा ऐश्वर्या र अभिषेकको पहिलो सन्तानका रूपमा छोरी आराध्या जन्मिइन् । आराध्यालाई सबैले माया गरे पनि ऐश्वर्या भने सासूको अवहेलनामा परिरहिन् । यद्यपि, यसबीचमा उनले केही चलचित्रमा काम गरिन् । ७ वर्षअघि रिलिज भएको फिल्म ‘ऐ दिल हे मुस्किल’ मा उनले रणवीर कपुरसँग केही इन्टिमेट सिनहरू दिइन् । यसले अभिषेक र ऐश्वर्याबीच तनाव बढाएको चर्चा गरिन्छ ।

स्मरणीय यो छ कि ऐश्वर्यासँग प्रेममा पर्नुअघि अभिषेक थुप्रै युवतीसँग सम्बन्धमा थिए थिए । अर्की अभिनेत्री करिश्मा कपुरसँग अभिषेकको ईंगेजमेन्टसमेत भइसकेको थियो । तर, ईंगेजमेन्टको ५ महिनापछि उनीहरू अलग भए । अभिषेकको बलिउड अभिनेत्री रानी मुखर्जी, दिपन्नीता शर्मा लगायतसँग पनि अफेयर थियो । ऐश्वर्यासँग प्रेममा पर्नुभन्दा ठीक अघि चाहीँ जान्भी कपुरसँग अभिषेक निकट थिए । जान्भीले सार्वजनिकरुपमा नै ऐश्वर्याले आफ्नो प्रेम खोसेको आरोप लगाएकी छन् ।यता, ऐश्वर्याका पनि व्वाइफ्रेन्डका ताँती थिए । पब्लिक फिगर भइसकेपश्चात सबैभन्दा सुरुमा उनको नाम राजीव मुलचडनीसँग जोडिएको थियो । जब ऐश्वर्या स्टार भइन्, राजीवलाई लात हानिदिइन् । ऐश्वर्याको सबैभन्दा चर्चित अफेयर चाहीँ अभिनेता सलमान खानसँग रह्यो । सलमान ऐश्वर्याका लागि पागल थिए । उनीहरुबीच दुई वर्षसम्म अफेयर चल्यो । तर, ऐश्वर्याको परिवारले सलमानसँग घरजम गर्ने अनुमति दिएनन् ।

एकपटक सलमानले ऐश्वर्याको घरमै गएर उत्पात मच्चाएका थिए । उक्त घटनालाई लिएर ऐश्वर्याका बाबुले प्रहरीमा सलमानविरुद्ध उजुरी समेत गरेका थिए । तर, सलमानको पागलपन रोकिएन । एकपटक ‘चल्ते चल्ते’ फिल्मको सेटमै गएर सलमानले ऐश्वर्यासँग झगडा गरेका थिए । ऐश्वर्याले सलमानलाई थप्पड हानेकी थिइन् ।सलमानसँग टाढिएपछि ऐश्वर्या विवेक ओवरायसँग नजिक भइन् । उनीहरुबीच फिल्म ‘क्यूँ होगया न’ फिल्मको सेटमा भेट भएको थियो र तत्काल प्रेममा परेका थिए । तर, विवेकसँग पनि ऐश्वर्याले विवाह गर्न चाहिनन् । यसकारण कि करिअरको हिसाबले विवेक उनीभन्दा निकै पछाडि थिए ।अन्ततः ऐश्वर्याले एउटा घरानिया परिवार रोजिन् । अभिषेक पनि फिल्ममा खासै हिट थिएनन् । तर, उनको परिवारको भारतीय फिल्म उद्योगमा ठूलो बिरासत छ । यो जोडीलाई बलिउडको ‘पावर कपल’ पनि भन्ने गरिएको थियो ।साभार : नेपाल प्रेस

`
12 comments
हेलिकप्टर दुर्घटनाका घाइइतेलाइ मेडिसिटी अस्पताल ल्याइà..

काठमाडौं, कात्तिक १७ : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर ठोक्किँदा ..

15 घन्टा पहिले

रसेल बल र ब्याट दुवैमा चम्किँदा जनकपुरमाथि विराटनगरको रà..

काठमाडाैं, कात्तिक १७ : वेस्टइन्डिजका अलराउन्डर आन्द्रे रसेल बल र ब्याट दुवैमा चम्किएपछि नेपाल प्रिमियर लिगमा à..

15 घन्टा पहिले

पत्रकार धरपकडप्रति कांग्रेसको आपत्ति, संसदीय विशेष समिà¤..

काठमाडौं, कात्तिक १६ : नेपाली कांग्रेसले पत्रकारमाथि भएको धरपकडलगायत पछिल्ला सरकारी गतिविधिप्रति आपत्ति जनाउँद..

2 दिन पहिले

कांग्रेसले बोलायो विपक्षी दलहरुको बैठक

काठमाडौं, कात्तिक १६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरुको बैठक बोलाएको छ।  सोमबार बिहान सिà¤..

2 दिन पहिले

गोरखाका समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं, कात्तिक १५ : गृहमन्त्री सुधन गुरुङले गोरखा जिल्लमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेà..

3 दिन पहिले