Janakpurdham
Mon, Jul 14, 2025
`

सीताराम विवाहपञ्चमीका अवसरमा अन्नबाट कीर्तिमानी प्रतिमा बनाइँदै

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, मङ्सिर २५ गते । जनकपुरधाममा सीताराम विवाहपञ्चमीका अवसरमा एक सय दुई क्विन्टल अनाज प्रयोग गरी ११ हजार स्क्वायर फिटको सीतारामको प्रतिमा निर्माण थालिएको छ । एक सय दुई क्विन्टल अन्न प्रयोग गरी जनकपुरधामस्थित रङ्गभूमि मैदान (बाह्र बिघा) मा ११ हजार स्क्वायर फिटको सीतारामको प्रतिमालाई आकार दिन आइतबार साँझदेखि चकले ब्लक बनाउने कार्य सुरु भएको हो ।  प्रत्येक वर्ष जनकपुरधाममा हुने विवाहपञ्चमीको अवसर पारेर धार्मिक ऐतिहासिक सहर जनकपुरधामलाई विश्वभर चिनाउन ११ प्रकारका अन्न प्रयोग गरी २१ लाख २३ हजार रुपियाँको लागतमा रङ्गभूमि मैदान (बाह्र बिघा) रामजानकी प्रतिमा स्थापना गर्न लागिएको हो । प्रतिमा निर्माणमा चामल २५ क्विन्टल, गहुँ छ क्विन्टल, सोयाबिन छ क्विन्टल, चना १८ क्विन्टल, उरद (मास) को दाल १८ क्विन्टल, चना दाल चार क्विन्टल, अरहर चार क्विन्टल, समुर दाल चार क्विन्टल, मकै तीन क्विन्टल, मुमफली दुई क्विन्टल र मुङ दाल १२ क्विन्टल गरी १२ लाख ६८ हजार रुपियाँको ११ प्रकारका अनाज प्रयोग गरिने श्री सीताराम अनाज प्रतिमा निर्माण समितिका संयोजक जितेन्द्र महासेठले जानकारी दिनुभयो । भारतको अयोध्यामा बनाइएको नौ हजार स्क्वायर फिटको रामजानकीको प्रतिमाबाट प्रेरित भएर जनकपुरधाममा पनि त्योभन्दा ठुलो प्रतिमा बनाउन थालिएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले बताउनुभयो । जनकपुरधाममा पर्यटक भिœयाउन र जनकपुरधामलाई विश्वसामु चिनाउन प्रतिमा निर्माण गर्नु उत्तम उपाय रहेको साहको भनाइ छ । प्रतिमा निर्माणमा प्रयोग हुने अनाजमध्ये ९० प्रतिशत अनाज पुनः काम लाग्ने र १० प्रतिशत अनाज पिसेर गौशालामा गाईवस्तुलाई खुवाउन सकिने निर्माण समितिको सल्लाहकारसमेत रहनुभएका साहको भनाइ छ । ऐतिहासिक रङ्गभूमि मैदान बाह्र बिघाको उत्तरी पूर्वी कुनामा बनाइने प्रतिमा छ इन्च माटो भरेर समतल बनाई करिब तीन कट्ठा क्षेत्रफलमा कार्पेट ओछ्याएर बनाइने छ । प्रतिमा निर्माणका लागि अयोध्यामा रामसीताको प्रतिमा बनाई विश्व रेकर्ड बनाएका भारत मध्यप्रदेशका कलाकार सतीश गुर्जरको टोलीलाई बोलाइएको निर्माण समितिले जनाएको छ । आइतबार सुरु गरिएको प्रतिमा निर्माण चार दिनमा सम्पन्न हुने छ । आगामी बुधबारदेखि नागरिकले प्रतिमा हेर्न सक्ने प्रतिमा निर्माण कलाकार सतीश गुर्जरले बताउनुभयो । प्रतिमा निर्माणका लागि आवश्यक पर्ने अनाज विभिन्न व्यक्ति र सङ्घ संस्थाले सहयोग गरेका छन् ।  साभार : गोरखापत्र

`
12 comments
सुशासन कायम गराउन सरकारसँग अझै धेरै चुनौतीहरु छन् : डा.मह..

काठमाडौं, असार २९ : नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले वर्तमान सरकारले केही राम्रा काम गरे पनि आम नागरि..

17 घन्टा पहिले

‘प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु हुन्छ’

काठमाडौं, असार २९ : गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी जनताको विचमा लोकप्रिय संस्थाका रुपमा विकास हुँदै गएको ब..

17 घन्टा पहिले

‘नेपालमा नै राम्रो शिक्षा प्राप्त गर्ने सम्भावनाहरु प्..

काठमाडौं, असार २८ : सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्..

2 दिन पहिले

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पता..

झापा, असार २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा न्यौपाने ब..

2 दिन पहिले

खेलमा राजनीति नगर्न र एनपिएलको तयारी गर्न प्रधानमन्त्र..

ललितपुर, असार २६ : प्रधानमन्त्री केपी ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय ..

3 दिन पहिले