Janakpurdham
Thu, Apr 30, 2026
`

दीपिकाले वुमन फाइटरको अपमान गरेको आरोप

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

एजेन्सी,मुम्बई मंसिर २७ गते । ऋतिक रोशन र दीपिका पादुकोण अभिनित आगामी फिल्म ‘फाइटर’ पछिल्लो समय चर्चामा छ । फिल्मलाई भारतीय पहिलो एरियल फिल्म दाबी गरिएको छ । हालै फिल्मको टिजर समेत सार्वजनिक भएको थियो । फिल्मको एरियल एक्सन दृश्यले कतिपयको फिल्मप्रति ध्यान तानेको छ । कतिपयले दीपिकाको दृश्यको चर्चा गरेका छन् । सामाजिक संजालमा दीपिका ट्रोल समेत बनिरहेकी छन् ।कतिपयले त दीपिकाले फिल्मको माध्यमबाट फाइटरको अपमान गरेको आरोप लगाएका छन् । कयौँ सामाजिक प्रयोगकर्ताले उनको किसिङ र बिकनी दृश्यमा प्रश्न उठाएका छन् ।एक सामाजिक प्रयोगकर्ता लेख्छन्, ‘फाइटरको टिजरले फाइटरकै अपमान गर्दैछ । हरेक देश र क्लयरको एक मान्यता हुन्छ । हाम्रो कुनैपनि बहादुर भारतीय एयरफोर्स वुमन पाइलटलाई यो प्रस्तुति दिने छुट छैन ।’ 
अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘मलाई आशा छ तपाईको भित्र केही शर्म बचेको होला । हरेक फिल्ममा तपाई महिलालाई तल गिराई रहनु भएको छ । बाहिरको मतलव छैन, कमसेकम वुमन फाइटरलाई त बदनाम नगर्नुस् ।’यस अगाडि फिल्म ‘पठान’मा दीपिकाको अरेन्ज बिकिनी बिवादमा परेको थियो । यो फिल्ममा उनको भुमिकामै प्रश्न उठेको छ ।सिद्धार्थ आनन्दको निर्देशन रहेको फिल्म २५ जनवरी २०२४ मा रिलिज हुनेछ । फिल्ममा ऋतिक र दीपिकाको अलवा अनिल कपुर, करण सिंह ग्रोवर, सान्दीदा शेख र अक्षय ओबरोयको अभिनय देख्न सकिन्छ । साभार : रातोपाटी

`
12 comments
मालपोत कार्यालय सेवा प्रवाहको डिजिटल अनुगमन सुरु

काठमाडौं, वैशाख १६ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले देशभरका मालपोत कार्यालयहरूबाट..

18 घन्टा पहिले

जनकपुरधाममा मासुमा ठगी र अस्वस्थकर अभ्यास बढ्दो, उपमहान..

जनकपुरधाम , वैशाख १६ गते ।  दिनप्रतिदिन बढ्दै गएको महँगीका बीच उपभोक्ताले गुणस्तरीय वस्तु नपाउने समस्या झन् गम्..

18 घन्टा पहिले

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

काठमाडौँ, वैशाख १५ : आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि..

2 दिन पहिले

नेपालकाे आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने

काठमाडौं, वैशाख १५ : राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार आर्थिक वर्ष २०८२/८३ ..

2 दिन पहिले

नेता चयन ढिला भयो तर परिपक्व भयो : सभापति थापा

काठमाडौं, वैशाख १४ : नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन्। सोमबार नै बसे..

2 दिन पहिले