
आईपीएल इतिहासकै महंगा खेलाडी बने पाट कमिन्स, कुन टिमले कतिमा किन्यो ?
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौँ,पुष ३ गते ।अस्ट्रेलियाका विश्वकप विजेता कप्तान पाट कमिन्सले इण्डियन प्रिमियर लिग (आईपीएल) खेलाडी अक्सनमा नयाँ कीर्तिमान बनाएका छन् ।आज दुबईमा जारी आईपीएलको खेलाडी अक्सनमा पाट कमिन्सलाई सनराइजर्स हैदरावादले २० करोड ५० लाख भारुमा अर्थात ३२ करोड ८० लाख नेपाली रुपैयाँमा किनेको हो । यो आईपीएलको इतिहासमा खेलाडी अक्सनमा कुनै खेलाडीका लागि अहिलेसम्म तिरिएको सबैभन्दा ठुलो रकम हो ।यसअघि २०२३ को अक्सनमा इङल्याण्डका साम कुरानलाई पञ्जाव किंग्सले १८ करोड ५० लाख भारुमा किनेको थियो भने २०२३ मै अस्ट्रेलियाका क्यामरुन ग्रीनलाई मुम्बई इण्डियन्सले १७ करोड ५० लाखमा र चेन्नई सुपर किंग्सले २०२३ मै इङल्याण्डका अलराउण्डर बेन स्टोकलाई १६.२५ करोडमा किनेको थियो ।जारी अक्सनमा अहिलेसम्म न्यूजील्याण्डका युवा अलराउन्डर रचिन रविन्द्रलाई चेन्नई सुपर किंग्सले रविन्द्रलाई एक करोड ८० लाख भारुमा किनेको छ । त्यस्तै जारी खेलाडी अक्सनमा चेन्नईले भारतीय बलर श्रदुल ठाकुरलाई ४ करोडमा किनेको छ । त्यस्तै अफगानिस्तानका अजमातुल्लाह ओमरजाईलाई गुजरात टाइटन्सले ५० लाख भारुमा किनेको छ ।त्यसैगरी सनराइजर्स हैदरावादले श्रीलंकाका वानिन्दु हसरंगालाई १.५ करोड भारुमा किनेको छ भने विश्वकपमा शानदार प्रदर्शन गरेर अस्ट्रेलियालाई विश्वकप जिताएका ट्राभिस हेडलाई सनराइजर्स हैदरावादले ६.८ करोड भारुमा किनेको छ ।त्यस्तै इङल्याण्डका विस्फोटक ब्याट्सम्यान ह्यारी ब्रुकलाई दिल्ली क्यापिटल्सले ४ करोड भारुमा किनेको छ भने वेस्टइन्डिजका रोभमन पावेललाई ५.४ करोड मा राजस्थान रोयल्सले किनेको छ ।साभार : विकास टाइम्स

सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन : योगेश भ..
काठमाडौं, भदौ २१ : सत्ताधारी दल एमालेका सांसद योगेश भट्टराईले सामाजिक सन्जाल नियमन निर्देशिकबाट नभई संसदबाट बन..
7 घन्टा पहिले
जागौं देशवासी! भ्रष्टाचार र छलकपटबाट मुक्ति लिऔं!
–डा. राजीव झा, उपाध्यक्ष, राष्ट्रिय मुक्ति पार्टीनेपालमा अहिले देखिएको राजनीतिक संकट नयाँ होइन। दशकौंयता कांग्..
7 घन्टा पहिले
आलोचना सहन नसकेर इगोका कारण सरकारले सामाजिक सञ्जाल बन्द ..
काठमाडौं, भदौ २१ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा प्रवक्ता मनिष झाले सामाजिक सन्जालमा भएको आलोचना सहन न..
7 घन्टा पहिले
सामाजिक संजाल सम्बन्धि सरकारको निर्णय गलत छ, पुनर्विचार ..
काठमाडौं, भदौ १९ : नेपाली कांग्रेसका महामन्त्री एवम सांसद गगन थापाले सामाजिक सञ्जालको विषयमा सरकारले गरेको निर्ण..
2 दिन पहिले
सामाजिक सञ्जाल बन्द गर्ने निर्णय: नागरिक स्वतन्त्रता मा..
जनकपुरधाम, भदौ १९ गते । नेपाल सरकारले हालै गरेको निर्णयले फेरि एक पटक देशभर बहस चर्किएको छ। सरकारले Facebook, YouTube, WhatsApp, Twitter (..
2 दिन पहिले