Janakpurdham
Wed, Sep 10, 2025
`

काेराेना संक्रमणले भारतीय अभिनेता विजयकान्तको निधन

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

एजेन्सी,तमिलनाडु पुस १२ : भारतका तमिलनाडुमा प्रभाव रहेको ‘डीएमडीके’ राजनीतिक दलका प्रमुख एवं अभिनेता विजयकान्तको निधन भएको छ। कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित उनको बिहीबार चेन्नाइमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। कोभिड–१९ पोजेटिभ देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो। ‘क्याप्टेन विजयकान्त निमोनियाको लागि भर्ना भएपछि भेन्टिलेटरमा राखिएको थियो। मेडिकल स्टाफको अथक प्रयासका बाबजुद पनि आज बिहान उनको मृत्यु भयो।’ अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै समाचार प्रकाशित भएको छ।विजयकान्तलाई नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार अस्पताल भर्ना गरिएको थियो। त्यतिबेला उनको पार्टी डीएएडी पार्टीले विजयकान्त ‘स्वस्थ’ रहेको र परीक्षण पछि घर फर्किने बताएको थियो।विजयकान्तलाई यसअघि नोभेम्बर २० मा पनि अस्पताल भर्ना गरिएको थियो। उनको श्वासप्रश्वासको समस्या देखिएपछि अस्पतालमा उपचार भइरहेको थियो।विजयकान्तले १५४ वटा फिल्ममा अभिनय गरेका छन्। फिल्मपछि मात्रै उनी राजनीतिमा सक्रिए भएका थिए। डीएमडीके राजनीतिक पार्टी स्थापना गरेर उनी विरुधाचल र ऋषिवन्दियम निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्दै दुई पटक विधान सभाको सदस्य भएका थिए। सन् २०११ देखि २०१६ सम्म तमिलनाडु विधानसभामा विपक्षी दलको नेता भएपछि उनको राजनीतिक करियरको ग्राफ बढेको थियो।पछिल्ला वर्षहरूमा विजयकान्तको स्वास्थ्य खराब हुँदा उनी सक्रिय राजनीतिक सहभागिताबाट भने पछाडि नै रहेका थिए।साभार : काठमाडौं प्रेस

`
12 comments
मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयकाे पुष्टि, ..

काठमाडौं , भदौ २३ गते । आइतबारको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ ..

24 घन्टा पहिले

गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौं , भदौ २३ गते। गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार जेनजीको गरेको प्रदर्शनका क्रममा प..

1 दिन पहिले

काँग्रेसले सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्ने

काठमाडौँ ,भदौ २२ गते । प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सरका..

2 दिन पहिले

ऋषि तर्पणीवाट सोह्र श्राद्ध शुरु, गंगासागरमा तर्पण गर्न..

जनकपुरधाम ,भदौ २२ गते । प्रत्येक वर्ष भदौ महिनाको कृष्णपक्ष प्रतिपदा तिथिबाट शुरु हुने सोह्र श्राद्ध शुरु हुनु ..

2 दिन पहिले

सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन : योगेश भ..

काठमाडौं, भदौ २१ : सत्ताधारी दल एमालेका सांसद योगेश भट्टराईले सामाजिक सन्जाल नियमन निर्देशिकबाट नभई संसदबाट बन..

3 दिन पहिले