Janakpurdham
Sat, May 02, 2026
`

जापान भूकम्प अपडेट : मृतकको संख्या ३० पुग्यो, नेपालीको अवस्थाबारे बुझ्दै एनआरएनए

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

एजेन्सी, टोकियो, पुष १७ गते । जापानको इशिखावा प्रिफेक्चरमा हिजो गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ । भूकम्पले सबै भन्दा बढी क्षति पुर्‍याएको इशिखावा प्रिफेक्चरमा मात्रै ३० जनाको मृत्यु भएको हो । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार वाजिमा शहरमा १५ जना, सुजु शहरमा ६, नानाओ शहरमा ५, अनामिजु शहरमा २, हाकुई शहर र शिगा टाउनमा १-१ गरी ३० जनाको मृत्यु भएको छ ।उद्धार कार्य चलिरहेकाले क्षतिको यकिन विवरण आइनसकेको अधिकारीहरूले जनाएका छन् । आज बिहान पनि ५.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।भूकम्प र सुनामीका कारण घाइतेको संख्या अहिलेसम्म यकिन छैन । यसैबीच, भूकम्प प्रभावित क्षेत्रमा रहेका नेपालीका बारेमा सूचना संकलन भइरहेको एनआरएनए जापानले जनाएको छ ।‘हामी त्यस क्षेत्रमा रहेका नेपालीको पछिल्लो अवस्था बुझ्ने प्रयास गरिरहेका छौं’, गैर आवासीय नेपाली संघ जापानका अध्यक्ष नवीन निउरेले भने ‘अहिलेसम्मको सूचनाअनुसार सबै सुरक्षित रहेको भन्ने छ ।’साभार : नेपाल प्रेस



`
12 comments
सरकारले सुकुम्बासीमाथि युद्द र अपराधिको व्यवहार गर्यो : ..

काठमाडौं, वैशाख १८ : नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गरेका छन्। श..

17 घन्टा पहिले

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानम..

काठमाडौं, वैशाख १८ : प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई आग्रह गरेका छन्। ..

17 घन्टा पहिले

अहिंसा, मैत्री, करूणा र प्रज्ञाको सन्देशलाई व्यवहारमा उत..

काठमाडौं, वैशाख १७ : राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्..

2 दिन पहिले

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत..

काठमाडौं, वैशाख १७ : नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको..

2 दिन पहिले

मालपोत कार्यालय सेवा प्रवाहको डिजिटल अनुगमन सुरु

काठमाडौं, वैशाख १६ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले देशभरका मालपोत कार्यालयहरूबाट..

3 दिन पहिले