Janakpurdham
Sun, Aug 10, 2025
`

राम मन्दिरमा प्राण प्रतिष्ठाको अवसरमा जटहीमा हनुमान अराधना

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,माघ ९ गते । नेपाल भारत खुला सीमा संबाद समुह र सिमावर्ती नागरिक समाजको संयुक्त आयोजनामा राम जन्मभुमि अयोध्यामा नव निर्मित राम मन्दिरमा हुन गइरहेको भगवान रामको प्रतिमामा प्राण प्रतिष्ठाको अवसरमा धनुषा जिल्लाको दक्षिणी सिमाना र भारतको मधुवनी जिल्लाको उत्तरी सिमाना जटही पिप्रौन सिमा नाकामा अवस्थित महादेव मन्दिरको परिसरमा भजन किर्तन एवं  सिमानाकामा दिप प्रज्ज्वलन कार्यक्रमको आयोजना गरि खुशियाली मनाइएको छ।सो कार्यक्रमलाई भव्यता एवं  दिब्यताको लागि स्थानीय किर्तन मन्डली लगायत संस्थाको पदाधिकारी एबं दुबै तर्फका आम नागरिक समेतको उपस्थितिमा हनुमान अराधनाको आयोजना गरिएको थियो ।

साथै रामनाम किर्तनको  प्रसाद बितरण गरिएको थियो ।  संस्थाद्वारा साधु एबं आमजनहरुको लागी भंडाराको समेत आयोजना गरीएको थियो। उक्त कार्यक्रममा नेपाल भारत खुला सिमा संबाद समुहको तर्फबाट केन्द्रिय सदस्य रिकेश चौधरी पुरन गुप्ता,कृष्णा साह,नवल झा,प्रमोद कुमार साह,रन्जीत झा तथा सिमाबर्ती नागरिक समाजको तर्फबाट मुरली मनोहर मिश्र,अमरेन्द्र झा,धिरेन्द्र झा , प्रदिप चौधरी लगायतको सक्रिय सहभागीता रहेको थियो ।सोमबार  बेलुका दिप प्रज्जवलन गरि कार्यक्रम समापन गरिएको थियो।

`
12 comments
कैलाली कारागार घटनाबारे छलफलका लागि गृहमन्त्री लेखकले ..

काठमाडौं, साउन २४ : कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले शनिबा..

23 घन्टा पहिले

राष्ट्रपति पौडेलले दिए जनैपूर्णिमा तथा रक्षाबन्धनको शु..

काठमाडौं, साउन २४ : राष्ट्रपति रामचन्द्र पौडेलले जनैपूर्णिमा, ऋषितर्पणी एवम् रक्षावन्धनको अवसरमा देश विदेशमा ..

23 घन्टा पहिले

दिल्लीबाट उद्धार गरिएका ४० जना नेपाली महिलालाई नेपाल ल्..

काठमाडौं, साउन २३ : भारतको बाटो भएर तेस्रो मुलुक लैजान लागिएका ४० जना नेपाली महिलाको उद्धार गरि नेपाल ल्याइएको छ..

2 दिन पहिले

जनमत पार्टीबाट उपाध्यक्ष साह निस्कासित

काठमाडौं, साउन २२ : जनमत पार्टीले निलम्बित उपाध्यक्ष दीपककुमार साहलाई निष्कासन गरेको छ। साह यसअघि ६ महिनाका ला..

2 दिन पहिले

प्रहरीको गोलीबाट युवकको मृत्यु भएको भन्दै राजविराजमा द..

सप्तरी ,श्रावण २१ गते । प्रहरीको गोली प्रहारबाट मृत्यु भएका लालु यादवको विषयमा निष्पक्ष छानबिनको माग गर्दै आज र..

3 दिन पहिले