Janakpurdham
Thu, Aug 06, 2026
`

राम मन्दिरमा प्राण प्रतिष्ठाको अवसरमा जटहीमा हनुमान अराधना

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,माघ ९ गते । नेपाल भारत खुला सीमा संबाद समुह र सिमावर्ती नागरिक समाजको संयुक्त आयोजनामा राम जन्मभुमि अयोध्यामा नव निर्मित राम मन्दिरमा हुन गइरहेको भगवान रामको प्रतिमामा प्राण प्रतिष्ठाको अवसरमा धनुषा जिल्लाको दक्षिणी सिमाना र भारतको मधुवनी जिल्लाको उत्तरी सिमाना जटही पिप्रौन सिमा नाकामा अवस्थित महादेव मन्दिरको परिसरमा भजन किर्तन एवं  सिमानाकामा दिप प्रज्ज्वलन कार्यक्रमको आयोजना गरि खुशियाली मनाइएको छ।सो कार्यक्रमलाई भव्यता एवं  दिब्यताको लागि स्थानीय किर्तन मन्डली लगायत संस्थाको पदाधिकारी एबं दुबै तर्फका आम नागरिक समेतको उपस्थितिमा हनुमान अराधनाको आयोजना गरिएको थियो ।

साथै रामनाम किर्तनको  प्रसाद बितरण गरिएको थियो ।  संस्थाद्वारा साधु एबं आमजनहरुको लागी भंडाराको समेत आयोजना गरीएको थियो। उक्त कार्यक्रममा नेपाल भारत खुला सिमा संबाद समुहको तर्फबाट केन्द्रिय सदस्य रिकेश चौधरी पुरन गुप्ता,कृष्णा साह,नवल झा,प्रमोद कुमार साह,रन्जीत झा तथा सिमाबर्ती नागरिक समाजको तर्फबाट मुरली मनोहर मिश्र,अमरेन्द्र झा,धिरेन्द्र झा , प्रदिप चौधरी लगायतको सक्रिय सहभागीता रहेको थियो ।सोमबार  बेलुका दिप प्रज्जवलन गरि कार्यक्रम समापन गरिएको थियो।

`
12 comments
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

2 घन्टा पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

2 घन्टा पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

1 दिन पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

1 दिन पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले