Janakpurdham
Thu, Sep 18, 2025
`

‘रामायण’का लागि बोल्ने लवज सिक्दै रणवीर कपूर

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

मुम्बइ,माघ २६ गते । निर्देशक नितेश तिवारीको फिल्म ‘रामायण’को अहिले बलिउडमा राम्रै चर्चा छ । अभिनेता रणवीर कपूर यो फिल्ममा ‘राम’ चरित्रमा देखिँदै छन् । तर समय–समयमा ‘सीता’को भूमिकालाई लिएर अभिनेत्रीको नाम टुङ्गो लागिसकेको छैन ।फिल्मका लागि रणवीरले निकै मेहनत गरिरहेका छन् । फिल्मको सुटिङ सुरु हुनु अघि रणवीर आफ्नो पूर्वाभ्यास गरिरहेका छन् ।  फिल्मका लागि नितेशको टिमले एक डिक्सन (बोल्ने लवज) र संवाद विभाग बनाएका छन्, जुन विभागले केवल ‘रामायण’का लागि मात्र काम गर्नेछ । अर्थात् अभिनेतालाई बोल्ने तरिका र संवाद सिकाउनका लागि यो टिमले काम गर्नेछ ।

यतिमात्र होइन, ‘रामायण’मा कलाकारले लगाउने पहिरन बनाउन पनि जोडतोडका साथ काम भइरहेको छ । फिल्मका प्रमुख कलाकार कस्तो देखिनेछन् भनेर टिमले अध्ययनको पनि काम गरिरहेको छ ।

नितेशले रणवीरका लागि एक संवाद विशेषज्ञ नै राखेका छन्, जसले संवाद सही तरिकाले बोल्न र भूमिकालाई सही ढङ्गले प्रस्तुत गर्न सिकाइरहेका छन् । फिल्मकै लागि रणवीरले घण्टौँसम्म संवाद पढिरहेका छन् र नितेशलाई भ्वाइस रेकर्ड गरेर नियमित रूपमा पठाइरहेका छन् ।ठुलो क्यानभास र बजेटमा निर्माण हुने यो फिल्ममा विशेष इफेक्टका साथ भीएफएक्सको राम्रो प्रयोग हुनेछ । यो फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा रिलिज गरिनेछ ।

फिल्ममा रणवीर ‘राम’ फाइनल भइरहँदा जान्हवी कपूर ‘सीता’को रूपमा देखिने चर्चा छ । फिल्ममा साउथ अभिनेता यश ‘रावण’को भूमिकामा देखिने चर्चा उत्तिकै छ ।

साभार : रातोपाटी

`
12 comments
कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गतेदेखि सञ्चालन

काठमाडौं, असोज १ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा तालिका सार्वजानिक गरेको छ। जसनुसार परिक्ष..

6 घन्टा पहिले

Gen-Z आन्दोलन मा शहीदहरूको सम्झनामा जनकपुरधाममा श्रद्धाञ्..

जनकपुरधाम, अशोज १ ।मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान (MISH) जनकपुरधामको प्राङ्गणमा बुधबार साँझ एक श्रद्धाञ्जली सभा..

7 घन्टा पहिले

मधेशका मुख्यमन्त्रीले राजीनामा दिन अटेर गरेपछि प्रतिपक..

काठमाडौं ,भदौ ३१ गते । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीना..

1 दिन पहिले

कर्मचारीको बैठक भत्ता खारेज, सरकारी कार्यक्रम सरकारी हल..

काठमाडौं ,भदौ ३१ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको सचिव बैठकले मुलुक..

1 दिन पहिले

मन्त्री घिसिङको घोषणा– पुनर्निर्माणका लागि विशेष कोष ख..

काठमाडौं, ३० भदौ : भौतिक योजनामन्त्रालयको जिम्मेवारी समालेलगत्तै उर्जा मन्त्री समेत रहेका कुलमान घिसिङले क्षत..

2 दिन पहिले