
‘स्त्री २’ मा जोडिए वरुण धवन
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

मुम्बइ,माघ २९ गते । वरुण धवन यतिबेला आफ्नो बहुप्रतिक्षित फिल्म भीडी १८ को कारण चर्चामा छन् । उनको फिल्मको शीर्षक र फर्स्ट लुक सार्वजनिक गर्दै निर्माण पक्षले फिल्मको टिजर सार्वजनिक गरेको हो ।
वरुण धवनको फिल्म भीडी १८ को नाम ‘बेबी जोन’ हो र फिल्म मे ३१, २०२४मा सिनेमाघरहरूमा रिलिजको लागि तयार छ। यसैबीच, अहिले वरुण धवन अर्को फिल्मको हिस्सा बन्ने खबर आएको छ । बलिउड हंगामाले स्रोतलाई उद्धृत गर्दै वरुण धवन श्रद्धा कपूर र राजकुमार रावको हरर कमेडी फिल्म ‘स्त्री २’ मा प्रवेश गरेको बताइएको छ ।
फिल्ममा अभिनेताको क्यामियो रोल हुनेछ र उनले त्यसको लागि सुटिङ पनि गरेका छन् । वरुण धवनले ‘स्त्री २’ मा आफ्नो भूमिकाको लागि दुई दिनमा सुटिङ गरेको रिपोर्टले दाबी गरेको छ ।
रिपोर्टमा यो पनि बताइएको छ कि वरुण धवन ‘स्त्री २’ मा आफ्नो ‘भेडिया’ भूमिकामा देखिने छन् । दिनेश विजनको निर्देशनमा बन्न लागेको यो हरर कमेडी फिल्ममा वरुणको भूमिका उनको फिल्म ‘भेडिया २’ को आधार हुनेछ, जसको सुटिङ सन् २०२५ मा सुरु हुँदैछ । ‘भेडिया २’ को कथा पनि त्यहीँबाट सुरु हुनेछ, जहाँ ‘स्त्री २’ को कथा समाप्त हुन्छ ।
वरुण धवनको वर्कफ्रन्टको कुरा गर्दा उनी पछिल्लो पटक फिल्म बवलमा देखिएका थिए । अब अभिनेता ‘बेबी जोन’ मा देखिनेछन् । यसबाहेक अभिनेताको पाइप लाइनमा सिटाडेल छ, जसमा उनीसँगै दक्षिण अभिनेत्री सामन्था प्रभु देखिने छिन् । यसबाहेक अब उनीसँग ‘स्त्री २’ पनि छ, जुन अगस्ट ३०, २०२४ मा सिनेमाघरमा रिलिजको लागि तयार छ।साभार : डिसी नेपाल

मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त
जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..
21 घन्टा पहिले
क्रिकेट: नेपाल टी-२० विश्वकपमा छनोट
काठमाडौँ , असोज २९ गते । नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि ..
21 घन्टा पहिले
सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..
काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..
2 दिन पहिले
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..
काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..
2 दिन पहिले
मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..
काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..
3 दिन पहिले