Janakpurdham
Thu, Sep 18, 2025
`

आर्थिक विवादले सलमान र करणको ‘द बुल’ मा ढिलाइ

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

मुम्बई,फागुन ३ गते । अभिनेता सलमान खान फिल्म ‘टाइगर ३’ पछि निर्माता तथा निर्देशक करण जोहरका साथ नयाँ फिल्म ‘द बुल’ को तयारीमा व्यस्त थिए । सलमानले यो फिल्मका लागि सक्दो मेहनत गरिरहेका थिए । त्यसका लागि उनले ‘बडी ट्रान्सफर्मेशन’को काम पनि गरेका थिए ।तर अब भने फिल्मको मुहूर्त पछि यसको निर्माणमा केही बाधा सिर्जना भएको छ । जसकारण फिल्मको काम रोकिएको छ ।

फिल्म निकट स्रोतका अनुसार सलमान र करणबिच पैसा लेनदेन विषयमा एकमत हुन सकेको छैन । जसकारण फिल्मको सुटिङ हुन ढिलाइ भइरहेको छ ।

‘द बुल एक महँगो फिल्म हो र करणले ‘ब्याक एन्ड डिल’का साथ सलमानसँग सम्झौता गर्ने आशा राखेका छन् । तर सलमान भने एडभान्स पैसा मागिरहेका छन् । तमाम हिसाब–किताब गरेपछि करणलाई फिल्मलाई फ्लोरमा जान आर्थिक रूपले व्यवहारिक लागेको छैन । उनले अब वित्तीय ढाँचामा पुनः काम गर्नका लागि सलमानसँग थोरै समय मागेका छन्’, स्रोतले भनेको छ ।

यता सलमान भने करणका साथ साझेदारीमा काम गर्न पाउँदा खुसी छ, तर उनी आफ्नो व्यक्तिगत नोक्सानी बेहोर्न चाहँदैनन् । ‘सलमानलाई स्क्रिप्ट निकै मन परेको छ । तर सलमानलाई यो प्रोजेक्टमा जोड्नका लागि करणलाई निकै पैसाको आवश्यकता छ । एकपटक जब सबै कुराको अन पेपर फाइनल हुन्छ, त्यसपछि फिल्मको आधिकारिक घोषणा हुनेछ’, स्रोतले अगाडि भनेको छ ।

‘द बुल’ गत नोभेम्बरबाट सुरु हुनुपर्ने थियो । तर फिल्मलाई डिसेम्बरसम्म सारियो । फेरि जनवरीसम्म फिल्म धकेलियो र आउने मेमा सुटिङको खाका बनाइयो ।साभार : रातोपाटी

`
12 comments
कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गतेदेखि सञ्चालन

काठमाडौं, असोज १ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा तालिका सार्वजानिक गरेको छ। जसनुसार परिक्ष..

9 घन्टा पहिले

Gen-Z आन्दोलन मा शहीदहरूको सम्झनामा जनकपुरधाममा श्रद्धाञ्..

जनकपुरधाम, अशोज १ ।मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान (MISH) जनकपुरधामको प्राङ्गणमा बुधबार साँझ एक श्रद्धाञ्जली सभा..

10 घन्टा पहिले

मधेशका मुख्यमन्त्रीले राजीनामा दिन अटेर गरेपछि प्रतिपक..

काठमाडौं ,भदौ ३१ गते । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीना..

1 दिन पहिले

कर्मचारीको बैठक भत्ता खारेज, सरकारी कार्यक्रम सरकारी हल..

काठमाडौं ,भदौ ३१ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको सचिव बैठकले मुलुक..

1 दिन पहिले

मन्त्री घिसिङको घोषणा– पुनर्निर्माणका लागि विशेष कोष ख..

काठमाडौं, ३० भदौ : भौतिक योजनामन्त्रालयको जिम्मेवारी समालेलगत्तै उर्जा मन्त्री समेत रहेका कुलमान घिसिङले क्षत..

2 दिन पहिले