Janakpurdham
Tue, Sep 22, 2026
`

कांग्रेस नेता भण्डारीको संयोजकत्वमा हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियान घोषणा

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडाैं, फागुन ५ : नेपाली कांग्रेसका नेताहरुले सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गरेका छन्। शनिबार काठमाडौंमा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा महाअभियानको घोषणा गरिएको हो ।

महाअभियानको घोषणा गर्दै भण्डारीले देशका प्रमुख बिषयहरुलाई स्थापीत गर्दै नेपालीहरु अघि बढ्न सकेमा नेपाल विश्वको एकमात्रै हिन्दुराष्ट्र बन्ने बताए।

देशको सनातन धर्मलाई रक्षा गर्दै देशको आर्थिक समृद्धिको बाटोमा देशलाई अघि बढाउन कांग्रेसले अव नेतृत्वदायी भूमिका निर्वाह गर्र्न ढिलाई गर्न नहुने उनले बताए। उनले महासमिति बैठकबाट हिन्दूराष्ट्रको एजेण्डा उठाउने जिकिर गर्नुभयो । हिन्दूराष्ट्र नेपाल स्थापनाका लागि कसैको सहयोग नलिइएको उहाले स्पष्ट पारे।

यसअघि भण्डारीको नेतृत्वमा पार्टी केन्द्रीय कार्यसमिति बैठकमा सोमबारदेखि शुरु हुने महासमितिको बैठकमा हिन्दूराष्ट्रको अजेन्डा समेट्न भन्दै पूरक प्रस्ताव पेश गरिएको थियो। जसमा २२ कांग्रेसी नेताहरुले हस्ताक्षर गरेका छन्। 

साभार : काठमाडौं प्रेस

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

20 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

20 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

2 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

3 दिन पहिले