
प्रजातन्त्रको विकल्प उन्नत प्रजातन्त्र मात्र हुन सक्ने : नगर प्रमुख साह
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

दिपेश मल्लिक
जनकपुरधाम, ७ फागुन । ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवस जनकपुरधाममा भव्य रुपमा मनाइएको छ । जिल्ला समन्वय समिति धनुषाको आयोजनामा सोमवारभएको कार्यक्रमलाई सम्बोधन गर्दै जनकपुरधाम उप महानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको सङ्कल्प हासिल गर्न सदैव उत्साह एवं प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छ्न । साहले भने - प्रजातन्त्रको विकल्प उन्नत प्रजातन्त्र मात्र हुन सक्छ ।उनले भने नेपाली जनताको त्याग, सर्घष र बलिदानीबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनको व्यवस्थाको संस्थागत विकास, आर्थिक समृद्धि, समतामुलक समाज निर्माण र सुशासन प्रवर्धन गर्न प्रजातन्त्र दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु ।
उनले नगरवासीको अपेक्षालाई केन्द्रबिन्दुमा राखेर समुन्नत प्रदेश निर्माण तथा सामाजिक, आर्थिक, पूर्वाधार विकासतर्फ लक्षित भई अघि बढिरहेको बताए ।
उनले विभिन्न कठिनाइ र चुनौतीका बिच उप महानगरपालिका उपलब्ध स्रोतसाधन, जनशक्तिको अधिकतम प्रयोग गरि जीवनस्तर उकास्न तथा जनताको समृद्धिको सपना साकार पार्ने दिशामा प्रयत्नशील रहेको बताए। कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति राजनन्दन मन्डल , प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे , जनपद तथा प्रहरी प्रमुख लगायतका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।

भारतकाे उत्तराखण्डमा भीषण बाढीले गाउँ नै बगायाे, चारको म..
काठमाडौं, साउन २० : भारत उत्तराखण्डको उत्तरकाशीको धराली गाउँमा मंगलबार भीषण बाढी आएको छ। मंगबार दिउँसाे एक्कास..
20 घन्टा पहिले
प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्क..
काठमाडौं, साउन २० : प्रधानमन्त्री केपी ओली र किर्गिज गणतन्त्रको मन्त्रिपरिषद्का अध्यक्ष आदिलबेक कासिमालिभबीच ..
20 घन्टा पहिले
धरौटी बुझाएर दुर्गा प्रसाईं रिहा
काठमाडौं ,श्रावण १९ गते । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई अदालते ग..
2 दिन पहिले
कक्षा १२ नतिजाः ६१ प्रतिशत ग्रेडेड, प्रदेश र विषयअनुसार ..
काठमाडौं ,श्रावण १९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ क..
2 दिन पहिले
बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..
काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..
3 दिन पहिले