Janakpurdham
Tue, Sep 22, 2026
`

प्रजातन्त्रको विकल्प उन्नत प्रजातन्त्र मात्र हुन सक्ने : नगर प्रमुख साह

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`


दिपेश मल्लिक
जनकपुरधाम, ७ फागुन । ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवस जनकपुरधाममा भव्य रुपमा मनाइएको छ । जिल्ला समन्वय समिति धनुषाको आयोजनामा सोमवारभएको कार्यक्रमलाई सम्बोधन गर्दै जनकपुरधाम उप महानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको सङ्कल्प हासिल गर्न सदैव उत्साह एवं प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छ्न । साहले भने - प्रजातन्त्रको विकल्प उन्नत प्रजातन्त्र मात्र हुन सक्छ ।उनले भने नेपाली जनताको त्याग, सर्घष र बलिदानीबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनको व्यवस्थाको संस्थागत विकास, आर्थिक समृद्धि, समतामुलक समाज निर्माण र सुशासन प्रवर्धन गर्न प्रजातन्त्र दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु ।
उनले नगरवासीको अपेक्षालाई केन्द्रबिन्दुमा राखेर समुन्नत प्रदेश निर्माण तथा सामाजिक, आर्थिक, पूर्वाधार विकासतर्फ लक्षित भई अघि बढिरहेको बताए ।
उनले विभिन्न कठिनाइ र चुनौतीका बिच उप महानगरपालिका उपलब्ध स्रोतसाधन, जनशक्तिको अधिकतम प्रयोग गरि जीवनस्तर उकास्न तथा जनताको समृद्धिको सपना साकार पार्ने दिशामा प्रयत्नशील रहेको बताए। कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति राजनन्दन मन्डल , प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे , जनपद तथा प्रहरी प्रमुख लगायतका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

20 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

20 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

2 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

3 दिन पहिले