Janakpurdham
Wed, Aug 06, 2025
`

शिक्षालाई ब्यवस्थित गर्न सामुदायिक तथा संस्थागत विद्यालयलाई मिलेर जान जरुरी : मेयर साह 

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपेश मल्लिक 

जनकपुरधाम, फागुन १० गते । नेपाल सरकारले विद्यार्थीहरूका लागि पहिलाकाे तुलनामा Emis लाई सजिलाे बनाउन पहल गरेकाे छ ।

जनकपुरधाम उपमहानगरपालिकाद्वारा बुधवार Emis सम्बन्धि कार्यक्रमकाे आयाेजना गरिएकाे हाे ।

Emis नयाँमा कक्षा आठका विद्यार्थीहरूकाे परीक्षा व्यवस्थापन सम्बन्धी कार्यक्रमलाई सम्बाेधन गर्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनाेज कुमार साहले शिक्षालाई व्यवस्थित गर्न सामुदायिक तथा संस्थागत विद्यालयलाई मिलेर जान जरुरी रहेकाे बताए ।

मेयर साहले कक्षा आठकाे हुने नगरस्तरीय परिक्षालाई गुणस्तरीय बनाउन Emis बाट विद्यार्थीहरूका परीक्षा फारम भर्नका लागि सुझाव दिए ।

उनले शिक्षामा सुधार भए दक्ष जनशक्ति तथा सभ्य समाजकाे निर्माण हुने बताए ।

उनलेे विद्यार्थीहरूकाे सम्पूर्ण जिम्मेवारी विद्यालयकाे कान्धमा नछाेडि अभिभावकले आफ्ना बच्चाहरूलाई कुलत तथा माेवाईलका लतबाट हटाएर पढाइका साथ-साथै खेलमा केन्द्रित गर्न ध्यानाकर्षण गराए ।

उनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा अठारह वर्षसम्मकाे बच्चाहरू मात्र भाग लिन सक्ने व्यवस्था हुुनुपर्ने बताए ।

शिक्षा शाखा प्रमुख अंजु पाण्डेले कक्षा आठकाे परीक्षा फारम अनलाइन कसरी भर्ने सम्बन्धि अभिमुखिकार्यक्रमकाे अभिप्राय रहेकाे बताए ।

उनले Emis मा विद्यार्थीहरूकाे परीक्षा फारमदेखि लिएर विद्यालय सम्बन्धी अभिलेख राख्न आग्रह गरे ।

कार्यक्रममा एनप्यावसनका जिल्ला अध्यक्ष आशिष झा, नगर अध्यक्ष दिपक ठाकुर, प्यावसनका नगर अध्यक्ष रविन्द्र चाैधरी, ई. संजय मिश्रा लगायतका उपस्थिति रहेका थिए ।

 

`
12 comments
भारतकाे उत्तराखण्डमा भीषण बाढीले गाउँ नै बगायाे, चारको म..

काठमाडौं, साउन २० : भारत उत्तराखण्डको उत्तरकाशीको धराली गाउँमा मंगलबार भीषण बाढी आएको छ। मंगबार दिउँसाे एक्कास..

6 घन्टा पहिले

प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्क..

काठमाडौं, साउन २० : प्रधानमन्त्री केपी ओली र किर्गिज गणतन्त्रको मन्त्रिपरिषद्का अध्यक्ष आदिलबेक कासिमालिभबीच ..

6 घन्टा पहिले

धरौटी बुझाएर दुर्गा प्रसाईं रिहा

काठमाडौं ,श्रावण १९ गते । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई अदालते ग..

1 दिन पहिले

कक्षा १२ नतिजाः ६१ प्रतिशत ग्रेडेड, प्रदेश र विषयअनुसार ..

काठमाडौं  ,श्रावण १९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ क..

1 दिन पहिले

बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..

काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..

3 दिन पहिले