Janakpurdham
Sat, Aug 23, 2025
`

अपाङ्गतामैत्री संरचना निर्माणका लागि पहल गरिने : मेयर साह

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपेश मल्लिक

जनकपुरधाम, फागुन १३ गते ।जनकपुधाममा अपाङ्गहरुकाे सम्मानमा एक कार्यक्रमको आयोजना भएको छ । 

जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ कुर्थामा करिब ४० जना अपाङ्ग व्यक्तिहरुलाई सम्मान गरिएको हो । 

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले अपाङतामैत्री संरचना निर्माणका लागि पहल गरिने बताए । 

मेयर साहले अपाङता भएका व्यक्तिलाई विकासको मूल प्रवाहमा ल्याउन नेपाल सरकारद्वारा नीति एवं कानुन पारित नहुदा मधेशको अपाङता ओझेलमा रहेको बताए । 

उनले अपाङताको सवालमा बहस, पैरवी तथा दबाब सिर्जन गर्ने उद्देश्यले स्थापित संघसंस्थाहरुलाई मिलेर जान आग्रह गरे । 

उनले अपाङता भएका व्यक्तिहरुका लागि आर्थिक सहयोगका साथै आधारभूत आवश्यकताहरु व्हीलचेयर, डंडा पालिकाद्वारा नियमितरुपमा वितरण भएका उल्लेख गरे ।

कार्यक्रममा शारीरिक रुपमा असक्त रहेका अपांगहरुलाई सम्मानमा कम्बल, तन्ना, तौलिया, च्यवनप्राश लगायतका सामग्रीहरु प्रदान गरेका आयाेजकले बताए । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २१ वडाध्यक्ष राजनारायण साहकाे अध्यक्षतामा सम्पन्न भएका कार्यक्रममा नेपालीका कांग्रेस धनुषाका उपाध्यक्ष गणेश झाले प्राकृतिक अपाङहरुलाई जिविकोपार्जनका लागि मासिक ५ हजारका दरले उपलब्ध गराउन ध्यानाकर्षण गराए । 

उनले अपाङहरुको आत्मवल तथा हौसला बढाउन प्रत्येक वडामा कार्यक्रम हुनुपर्ने जनाए । 

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका वडा नं. १३ का वडाध्यक्ष जितबहादुर राउत, नेपाली कांग्रेसका नगर कोषध्यक्ष विरेन्द्र यादव, समाजसेवी डा. इन्द्रकान्त झा, अशोक दास , जिल्ला समन्वय समितिका सदस्यहरु लगायतका उपस्थिति रहेका थिए ।

`
12 comments
कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण

जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..

2 दिन पहिले

सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..

काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..

3 दिन पहिले

म त्यत्तिकै प्रधानमन्त्री बनेको होइन, जनताले जिताएर हो : ..

काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु त्यत्तिकै प्रधानमन्त्री नभएको बताउँदै जनताले..

3 दिन पहिले

संविधानकै कारण प्रतिस्पर्धी दलहरु मिलेर काम गर्नुपर्ने..

काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी दलसँग मिलेर ..

3 दिन पहिले

‘परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छ’

काठमाडौं, भदौ ३ : प्रधानमन्त्री केपी ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्..

3 दिन पहिले