Janakpurdham
Sun, Oct 18, 2026
`

मधेस सभा : मुख्यमन्त्रीको राजीनामा माग्दै जनमतका सांसदद्वारा बेल घेराउ

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,फागुन १५ गते । मधेस प्रदेशसभा बैठकमा जनमत पार्टीका सांसदहरूले मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा माग्दै बेल घेरेका छन् ।सभामुख रामचन्द्र मण्डलले बैठक सञ्चालन गर्न लाग्दा जनमतका सांसदहरू उठेर गत माघ ८ मा सप्तरीमा तत्कालीन शिक्षा तथा समाज कल्याणमन्त्री महेश यादवमाथि भएको आक्रमणको विषयमा संसदीय छानबिन समिति गठन गर्नसमेत माग गरे ।

संसद अवरुद्ध नगर्न सभामुख मण्डलले पटकपटक गरेको आग्रह उनीहरूले बेवास्ता गरे ।जनमतका सांसद चन्दन सिंहले भने, ‘फागुन ६ मा मुख्यमन्त्रीले विश्वासको मत लिने बेलामा छानबिन समिति गठन गर्ने सहमति भएको थियो । त्यो सहमति कार्यान्वयन हुनुपर्छ ।’

सहमतिअनुसार सप्तरी घटनाको छानबिन गर्न संसदीय छानबिन समिति गठन नभएसम्म संसदको कारवाही अगाडि नबढाउन उनले सभामुख मण्डलसँग आग्रह गरे । त्यसपछि सभामुख मण्डलले सामान्य कुरामा सदन अवरुद्ध गर्न नहुने भन्दै खेलकुद तथा समाज कल्याणमन्त्री सुनिता साहलाई प्रदेश बालअधिकार ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिए ।

मन्त्री साह रोस्टममा जान नपाउँदै जनमतका सांसदहरू घेर्न पुगे । सभामुखले बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।

साभार : नेपाल प्रेस

`
12 comments
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..

काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..

9 घन्टा पहिले

आज घर–घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..

9 घन्टा पहिले

नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

1 दिन पहिले

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..

काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..

1 दिन पहिले

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

2 दिन पहिले