Janakpurdham
Sun, Nov 01, 2026
`

मधेस सभा : मुख्यमन्त्रीको राजीनामा माग्दै जनमतका सांसदद्वारा बेल घेराउ

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,फागुन १५ गते । मधेस प्रदेशसभा बैठकमा जनमत पार्टीका सांसदहरूले मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा माग्दै बेल घेरेका छन् ।सभामुख रामचन्द्र मण्डलले बैठक सञ्चालन गर्न लाग्दा जनमतका सांसदहरू उठेर गत माघ ८ मा सप्तरीमा तत्कालीन शिक्षा तथा समाज कल्याणमन्त्री महेश यादवमाथि भएको आक्रमणको विषयमा संसदीय छानबिन समिति गठन गर्नसमेत माग गरे ।

संसद अवरुद्ध नगर्न सभामुख मण्डलले पटकपटक गरेको आग्रह उनीहरूले बेवास्ता गरे ।जनमतका सांसद चन्दन सिंहले भने, ‘फागुन ६ मा मुख्यमन्त्रीले विश्वासको मत लिने बेलामा छानबिन समिति गठन गर्ने सहमति भएको थियो । त्यो सहमति कार्यान्वयन हुनुपर्छ ।’

सहमतिअनुसार सप्तरी घटनाको छानबिन गर्न संसदीय छानबिन समिति गठन नभएसम्म संसदको कारवाही अगाडि नबढाउन उनले सभामुख मण्डलसँग आग्रह गरे । त्यसपछि सभामुख मण्डलले सामान्य कुरामा सदन अवरुद्ध गर्न नहुने भन्दै खेलकुद तथा समाज कल्याणमन्त्री सुनिता साहलाई प्रदेश बालअधिकार ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिए ।

मन्त्री साह रोस्टममा जान नपाउँदै जनमतका सांसदहरू घेर्न पुगे । सभामुखले बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।

साभार : नेपाल प्रेस

`
12 comments
कुलेखानी जलाशयमा जलसतह बढ्दै, बागमती नदीको तटीय क्षेत्रà..

मकवानपुर, कात्तिक १४ : कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रà..

12 घन्टा पहिले

देशका प्रमुख राजमार्गहरू अवरुद्ध, सतर्कता अपनाउन आग्रह

काठमाडौं, कात्तिक १४ : बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात र लगातारको वर्षाका कारण देशका अधिकांश प्रमुख राà..

12 घन्टा पहिले

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २à..

काठमाडौं, कात्तिक १३ : संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक (एलडीसी) को सूचीबाट..

2 दिन पहिले

माधव नेपालको भ्रष्टाचार मुद्दको सुनुवाई सर्‍यो

काठमाडौं, कात्तिक १३ : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल मुछिएको भ्रष..

2 दिन पहिले

अर्वनको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अ..

काठमाडौं, कात्तिक १२ : चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुà..

3 दिन पहिले