
निषेधाज्ञा तोड्ने महतोको कार्यक्रममा लछारपछार र लाठीचार्ज
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं, फागुन १६ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गर्दै राष्ट्रिय मुक्ति आन्दोलन अभियानमा लागेका राजेन्द्र महतोलाई प्रहरीले लछारपछार गरेको छ ।
माइतीघर मण्डलाको निषेधित क्षेत्र तोड्न पुगेका महतोलाई प्रहरीले लछारपछार गरेको हो। लछारपछार र प्रहरीको लाठीचार्जका कारण महतोसहित केही कार्यकर्ता सामान्य घाइते समेत बनेका छन्।
महोतसँगै निषेधित क्षेत्र तोड्न सुमन सायमीसहितका अभियन्ता समेत माइतीघर मण्डला पुगेका थिए। डिल्लीबजार चारखालबाट सुरु भएको आन्दोलन पुतलीसडक, बागबजार घण्टाघर हुँदै भद्रकाली आएपछि प्रहरीले रोकेको थियो।
भद्रकालीदेखि अगाडिको क्षेत्र जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधित क्षेत्र तोकेकाले प्रहरीले आन्दोलनकारीलाई त्यहीँ रोकेको थियो।
साभार : काठमाडौं प्रेस

कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण
जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..
2 दिन पहिले
सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..
काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..
3 दिन पहिले
म त्यत्तिकै प्रधानमन्त्री बनेको होइन, जनताले जिताएर हो : ..
काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु त्यत्तिकै प्रधानमन्त्री नभएको बताउँदै जनताले..
3 दिन पहिले
संविधानकै कारण प्रतिस्पर्धी दलहरु मिलेर काम गर्नुपर्ने..
काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी दलसँग मिलेर ..
3 दिन पहिले
‘परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छ’
काठमाडौं, भदौ ३ : प्रधानमन्त्री केपी ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्..
3 दिन पहिले