Janakpurdham
Sat, Aug 23, 2025
`

मधेश प्रदेशमा जसपाको नेतृत्व कायम रहला ?

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,फागुन २२ गते । केन्द्रमा नयाँ गठबन्धन बनेपछि प्रदेशमा आलोपालो नेतृत्व गर्ने लगभग सहमति भइसकेको छ । आलोपालो अनुसार पनि केहि प्रदेशमा नेतृत्व फेरिने सम्भावना छ ।

तर मधेश प्रदेशमा वर्तमान जनता समाजवादी पार्टी (जसपा) नेतृत्वकै सरकार रहिरहने देखिन्छ । अहिले जसपा संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री छन् । आलोपालोमा सहमति भएपनि पहिलो चरणमा वर्तमान मुख्यमन्त्रीले नै निरन्तरता पाउने जसपाका नेताहरु दावी गर्छन् ।

नेपाली काँग्रेससहितको सत्ता गठबन्धन भत्किएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि जसपाले सरकारमा सहभागी हुन पहिलो शर्त राखेकाे छ । उनको शर्त मधेश सरकारको नेतृत्वलाई निरन्तरता दिनुपर्छ ।

 

जसपाबाट असन्तुष्ट जनमत पार्टीले भने सरकारमा अर्थात् नयाँ गठबन्धनमा सहभागी हुन मधेशको नेतृत्व फेरिनुपर्ने अडान राखेको छ । तर तत्काल जनमतलाई पाखा लगाइएको छ ।

 

हिजो अबेर साँझ नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा र जसपाबीच ८ बुँदे सहमति भयो, जुन सहमतिपत्रमा जनमत पार्टी सहभागी छैन । यसले पनि नयाँ गठबन्धनमा जनमतभन्दा जसपालाई प्राथमिकता दिएको छ ।

मधेश प्रदेशमा जनमतका १३ सांसद छन् । अहिले सरकारको नेतृत्व गरिरहेका जसपाका १९ सांसद छन् । सबभन्दा ठूलो दल नेकपा एमालेका २४ र माओवादीका ९ सांसद छन् । ९ सांसद रहेको लोसपा पनि सरकारमा जाने लगभग निश्चित जस्तै छ । सरकारमा जाने सम्भावना रहेको नेकपा एससँग ७ सांसद छन् ।

मधेश प्रदेशमा १०७ सांसद छन् । सरकार बनाउन सामान्य बहुमत अर्थात् ५४ सांसद आवश्यक पर्छ । यसरी हेर्दा जनमत पार्टी सरकारमा सहभागी नभएपनि साना दललाई मिलाएर एमाले, माओवादी र जसपाले सरकार बनाउन सक्छ ।

एमालेकै समर्थनमा जसपाका यादव मुख्यमन्त्री बनेका थिए । त्यतिबेला गठबन्धन भत्किएर एमाले आउट र काँग्रेस इन भएको बेला पनि मुख्यमन्त्री यादवलाई नै निरन्तरता दिइयो । अहिले फेरि नयाँ गठबन्धन बनेको अवस्थामा अर्थात् पहिलेको गठबन्धन पुर्नस्थापित भएपछि पनि यादव नै मुख्यमन्त्रीमा निरन्तरता पाउने देखिएको छ ।

मधेश सरकारबारे औपचारिक सहमति जुटाउन आज गठबन्धनको बैठक बस्दैछ । उक्त बैठकमा गठबन्धनमा सहभागी मधेशका सबै दलका संसदीय दलका नेता समेत सहभागी हुने बुझिएको छ । उनीहरु काठमाडौं पुगिसकेका छन् ।

एमाले मधेशका संसदीय दलका नेता सरोज कुमार यादवले प्रदेश सरकारबारे निर्णय गर्न अहिले गठबन्धनको बैठक बस्न लागेको बताए । उनले प्रदेशको नेतृत्व आलोपालो गर्ने कुरा छ तर तत्काल वर्तमान मुख्यमन्त्री यादव निरन्तरता पाउन सक्ने बताए ।

अब एमालेले नेतृत्व गर्न पाउनुपर्छ भन्ने तपाईको दावी छैन ?भन्ने नेपालप्रेसको जिज्ञासामा उनले भने, ‘एमाले सबभन्दा ठूलो दल हो । एमालेले नेतृत्व त पाउनैपर्छ । तर आलोपालो गर्ने सहमति हुनसक्छ ।’

साभार : नेपाल प्रेस

`
12 comments
कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण

जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..

2 दिन पहिले

सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..

काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..

3 दिन पहिले

म त्यत्तिकै प्रधानमन्त्री बनेको होइन, जनताले जिताएर हो : ..

काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु त्यत्तिकै प्रधानमन्त्री नभएको बताउँदै जनताले..

3 दिन पहिले

संविधानकै कारण प्रतिस्पर्धी दलहरु मिलेर काम गर्नुपर्ने..

काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी दलसँग मिलेर ..

3 दिन पहिले

‘परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छ’

काठमाडौं, भदौ ३ : प्रधानमन्त्री केपी ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्..

3 दिन पहिले