Janakpurdham
Tue, Sep 22, 2026
`

महिलामाथि हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्नैपर्छ: राष्ट्रपति

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, फागुन २५: राष्ट्रपति रामचन्द्र पौडेलले महिलामाथि हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्न आह्वान गरेका छन्।

११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुक्रबार राष्ट्रपति पौडेलले परम्पराका नाममा समाजमा रहेका खराब अभ्यासहरूका कारण महिलामाथि विभेद र उत्पीडन हुँदै आएको भन्दै त्यसको अन्त्य गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताए । 

‘परम्पराका नाममा समाजमा कायम रहेका खराब अभ्यासहरू जस्तै बोक्सी, छाउपडी, बालविवाह, दाइजो तथा तिलकजस्ता प्रथाले महिला, किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटनाहरू निर्मूल गर्न अझै पनि थप कार्यक्रमहरू तय गरी कार्यान्वयन गर्नुपर्ने देखिन्छ,’ राष्ट्रपति पौडेलले भनेका छन् । 

उनले विश्वभरि नै महिलाहरुको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धिहरुलाई स्मरण गर्दै महिलाहरुको सम्मानमा यो दिवस मनाउने गरिएको बताएका छन् ।

‘लैङ्गिक समानता र महिला सशक्तीकरणको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी,  निणर्य प्रकृया, राजनीति जस्ता राज्यका हरेक क्षेत्रमा महिलाहरूको पहुँच समानरूपमा सुनिश्चित हुनुपर्ने महसुस गरेको छु,’ राष्ट्रपति पौडेलले भनेका छन् ।

साभार : काठमाडौं प्रेस

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

19 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

19 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

2 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

3 दिन पहिले