
महिलामाथि हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्नैपर्छ: राष्ट्रपति
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं, फागुन २५: राष्ट्रपति रामचन्द्र पौडेलले महिलामाथि हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्न आह्वान गरेका छन्।
११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुक्रबार राष्ट्रपति पौडेलले परम्पराका नाममा समाजमा रहेका खराब अभ्यासहरूका कारण महिलामाथि विभेद र उत्पीडन हुँदै आएको भन्दै त्यसको अन्त्य गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताए ।
‘परम्पराका नाममा समाजमा कायम रहेका खराब अभ्यासहरू जस्तै बोक्सी, छाउपडी, बालविवाह, दाइजो तथा तिलकजस्ता प्रथाले महिला, किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटनाहरू निर्मूल गर्न अझै पनि थप कार्यक्रमहरू तय गरी कार्यान्वयन गर्नुपर्ने देखिन्छ,’ राष्ट्रपति पौडेलले भनेका छन् ।
उनले विश्वभरि नै महिलाहरुको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धिहरुलाई स्मरण गर्दै महिलाहरुको सम्मानमा यो दिवस मनाउने गरिएको बताएका छन् ।
‘लैङ्गिक समानता र महिला सशक्तीकरणको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी, निणर्य प्रकृया, राजनीति जस्ता राज्यका हरेक क्षेत्रमा महिलाहरूको पहुँच समानरूपमा सुनिश्चित हुनुपर्ने महसुस गरेको छु,’ राष्ट्रपति पौडेलले भनेका छन् ।
साभार : काठमाडौं प्रेस

कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण
जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..
2 दिन पहिले
सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..
काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..
3 दिन पहिले
म त्यत्तिकै प्रधानमन्त्री बनेको होइन, जनताले जिताएर हो : ..
काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु त्यत्तिकै प्रधानमन्त्री नभएको बताउँदै जनताले..
3 दिन पहिले
संविधानकै कारण प्रतिस्पर्धी दलहरु मिलेर काम गर्नुपर्ने..
काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी दलसँग मिलेर ..
3 दिन पहिले
‘परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छ’
काठमाडौं, भदौ ३ : प्रधानमन्त्री केपी ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्..
3 दिन पहिले