मधेशमा सरकार पुनर्गठनको तयारीः कांग्रेस र लोसपा आउट हुँदा एमालेलाई भित्र्याइने
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,फागुन २६ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव सरकार पुनर्गठनको तयारीमा जुटेका छन् ।केन्द्रमा सत्ता समीकरण बदलिएकापछि मुख्यमन्त्री यादव सरकार पुनर्गठन गर्नेचर्फ लागेका हुन् ।
नयाँ समीकरणअनुसार नेकपा एमाले सरकारमा सहभागी हुनेछ भने नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाहिरिनेछन् ।
स्रोतका अनुसार मुख्यमन्त्री यादवले कांग्रेस र लोसपाका मन्त्रीलाई राजीनामा दिन भनेका छन् । तर, कांग्रेस र लोसपाका मन्त्रीहरु केन्द्रको निर्देशन पर्खेर बसेका छन् ।
कांग्रेसबाट कृष्णप्रसाद यादव भौतिक पूर्वाधार विकासमन्त्री, वीरेन्द्रकुमार सिंह स्वास्थ्य तथा जनसंख्यामन्त्री र मोहम्मद समिम गृह तथा सञ्चारमन्त्री छन् । लोसपाका रमेशप्रसाद कुर्मी वन तथा वातावरणमन्त्री छन् ।
उनले भने, ‘राजीनामा दिने कि नदिने विषयमा हामीले केही निर्णय गरेका छैनौं ।’
कांग्रेस र लोसपाका मन्त्रीहरुले राजीनामा नदिए मुख्यमन्त्रीले बर्खास्त गर्ने जसपाका एक नेताले बताए । उनका अनुसार भोलिसम्म केही परिणाम आउँछ ।
कांग्रेस र लोसपाका मन्त्रीहरु हटे प्रदेशमा ६ मन्त्रालय खाली हुनेछ । यसअघि जनमत पार्टीका दुई मन्त्रीले सरकार छाडेका थिए । जनमतले छाडेको शिक्षा तथा समाज कल्याण र यातायात मन्त्रालय अहिले मुख्यमन्त्रीले सम्हालेका छन् ।
कांग्रेस र लोसपा सरकारबाट बाहिरिए पनि नयाँ सत्ता गठबन्धनमा आवद्ध दलसँग सरकार बनाउने बहुमत रहेको छ । मधेशमा १०७ सांसद छन् । सरकार बनाउन ५४ सांसद आवश्यक पर्छ ।
नयाँ गठबन्धनमा रहेका एमालेका २३, जसपाका १९, माओवादीका ९ र एकीकृत समाजवादीका ७ जनासहित ५८ सांसद छन् । यो संख्या सरकार गठन गर्न चाहिनेभन्दा ४ सांसद बढी हो ।
सरकार पुनर्गठन गर्दा एमालेले चार मन्त्री पाउने सम्भावना छ । दुई मन्त्रालयमध्ये नेकपा एस र माओवादीलाई १–१ दिने विषयमा छलफल चलिरहेको बुझिएको छ । एमाले सांसद शत्रुधनप्रसाद सिंहले पनि चार मन्त्रालय पाउन सक्ने बताए ।
साभार : नेपाल प्रेस
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
18 घन्टा पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
18 घन्टा पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
2 दिन पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
2 दिन पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
3 दिन पहिले
-
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ : मन्त्री साह
-
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको छ : सिंह
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक