
मधेशमा सरकार पुनर्गठनको तयारीः कांग्रेस र लोसपा आउट हुँदा एमालेलाई भित्र्याइने
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम,फागुन २६ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव सरकार पुनर्गठनको तयारीमा जुटेका छन् ।केन्द्रमा सत्ता समीकरण बदलिएकापछि मुख्यमन्त्री यादव सरकार पुनर्गठन गर्नेचर्फ लागेका हुन् ।
नयाँ समीकरणअनुसार नेकपा एमाले सरकारमा सहभागी हुनेछ भने नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाहिरिनेछन् ।
स्रोतका अनुसार मुख्यमन्त्री यादवले कांग्रेस र लोसपाका मन्त्रीलाई राजीनामा दिन भनेका छन् । तर, कांग्रेस र लोसपाका मन्त्रीहरु केन्द्रको निर्देशन पर्खेर बसेका छन् ।
कांग्रेसबाट कृष्णप्रसाद यादव भौतिक पूर्वाधार विकासमन्त्री, वीरेन्द्रकुमार सिंह स्वास्थ्य तथा जनसंख्यामन्त्री र मोहम्मद समिम गृह तथा सञ्चारमन्त्री छन् । लोसपाका रमेशप्रसाद कुर्मी वन तथा वातावरणमन्त्री छन् ।
उनले भने, ‘राजीनामा दिने कि नदिने विषयमा हामीले केही निर्णय गरेका छैनौं ।’
कांग्रेस र लोसपाका मन्त्रीहरुले राजीनामा नदिए मुख्यमन्त्रीले बर्खास्त गर्ने जसपाका एक नेताले बताए । उनका अनुसार भोलिसम्म केही परिणाम आउँछ ।
कांग्रेस र लोसपाका मन्त्रीहरु हटे प्रदेशमा ६ मन्त्रालय खाली हुनेछ । यसअघि जनमत पार्टीका दुई मन्त्रीले सरकार छाडेका थिए । जनमतले छाडेको शिक्षा तथा समाज कल्याण र यातायात मन्त्रालय अहिले मुख्यमन्त्रीले सम्हालेका छन् ।
कांग्रेस र लोसपा सरकारबाट बाहिरिए पनि नयाँ सत्ता गठबन्धनमा आवद्ध दलसँग सरकार बनाउने बहुमत रहेको छ । मधेशमा १०७ सांसद छन् । सरकार बनाउन ५४ सांसद आवश्यक पर्छ ।
नयाँ गठबन्धनमा रहेका एमालेका २३, जसपाका १९, माओवादीका ९ र एकीकृत समाजवादीका ७ जनासहित ५८ सांसद छन् । यो संख्या सरकार गठन गर्न चाहिनेभन्दा ४ सांसद बढी हो ।
सरकार पुनर्गठन गर्दा एमालेले चार मन्त्री पाउने सम्भावना छ । दुई मन्त्रालयमध्ये नेकपा एस र माओवादीलाई १–१ दिने विषयमा छलफल चलिरहेको बुझिएको छ । एमाले सांसद शत्रुधनप्रसाद सिंहले पनि चार मन्त्रालय पाउन सक्ने बताए ।
साभार : नेपाल प्रेस

भारतकाे उत्तराखण्डमा भीषण बाढीले गाउँ नै बगायाे, चारको म..
काठमाडौं, साउन २० : भारत उत्तराखण्डको उत्तरकाशीको धराली गाउँमा मंगलबार भीषण बाढी आएको छ। मंगबार दिउँसाे एक्कास..
3 घन्टा पहिले
प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्क..
काठमाडौं, साउन २० : प्रधानमन्त्री केपी ओली र किर्गिज गणतन्त्रको मन्त्रिपरिषद्का अध्यक्ष आदिलबेक कासिमालिभबीच ..
3 घन्टा पहिले
धरौटी बुझाएर दुर्गा प्रसाईं रिहा
काठमाडौं ,श्रावण १९ गते । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई अदालते ग..
1 दिन पहिले
कक्षा १२ नतिजाः ६१ प्रतिशत ग्रेडेड, प्रदेश र विषयअनुसार ..
काठमाडौं ,श्रावण १९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ क..
1 दिन पहिले
बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..
काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..
3 दिन पहिले