
बक्स अफिसमा ‘सैतान’को तहल्का
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

एजेन्सी
नयाँ दिल्ली, फागुन २८ गते । अजय देवगन र आर माधवनको फिल्म ‘सैतान’ले बक्स अफिसमा दबदबा बनाएको छ । यो सुपरनेचुरल हरर फिल्मलाई दर्शकले मन पराएको बताइएको छ । फिल्मले पहिलो दिन नै शानदार ओपनिङ गरेको थियो । दोस्रो दिन फिल्मले कमाइका हिसाबले तहल्का मच्चाएको छ । सप्ताहान्त परेकोले फिल्मको कमाइ राम्रो भएको थियो ।
ओपनिङ डेमा फिल्मले देशभर १४ करोड ७५ लाख भारुको व्यापार गरेको थियो । फिल्मको दोस्रो दिनको कमाई पनि राम्रो छ । सैकनिल्कको रिपोर्ट अनुसार अजय देवगन र आर माधवनको यस फिल्मले दोस्रो दिन अर्थात् शनिवार देशभर १८ करोड २५ लाख भारुको व्यापार गरेको छ । अर्थात् सैतानले दुई दिनमा भारतमा मात्रै ३३ करोडको व्यापार गरेको छ । आइतबार पनि फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्ने अपेक्षा गरिएको छ ।
सैतान गुजराती फिल्म वासको हिन्दी रिमेक हो । यसलाई विकास बहलले निर्देशन गरेका हुन् । फिल्ममा अजय देवगनका अलावा ज्योतिका र जानकी बोडिवाला पनि छन् । फिल्ममा सबैभन्दा धेरै चर्चा खलनायक बनेर आर माधवनले बटुलेका छन् । उनको अभिनय देखेर दर्शकहरू अचम्मित छन् ।
अजय देवगनको आगामी फिल्म
सैतानपछि अजय देवगन अब फिल्म ‘मैदान’मा देखिँदै छन् । यसमा उनी फुटबल प्रशिक्षकको भूमिकामा देखिने छन् । चलचित्रको ट्रेलर केही दिन अघि रिलिज भएको थियो, जसलाई दर्शकले निकै रुचाएका थिए । अजय देवगनको यो फिल्म यस वर्षको इदको अवसरमा रिलिज हुँदै छ । फिल्मलाई बोनी कपुरले निर्माण गरेका हुन् ।
साभार : रातोपाटी

कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गतेदेखि सञ्चालन
काठमाडौं, असोज १ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा तालिका सार्वजानिक गरेको छ। जसनुसार परिक्ष..
18 घन्टा पहिले
Gen-Z आन्दोलन मा शहीदहरूको सम्झनामा जनकपुरधाममा श्रद्धाञ्..
जनकपुरधाम, अशोज १ ।मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान (MISH) जनकपुरधामको प्राङ्गणमा बुधबार साँझ एक श्रद्धाञ्जली सभा..
19 घन्टा पहिले
मधेशका मुख्यमन्त्रीले राजीनामा दिन अटेर गरेपछि प्रतिपक..
काठमाडौं ,भदौ ३१ गते । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीना..
2 दिन पहिले
कर्मचारीको बैठक भत्ता खारेज, सरकारी कार्यक्रम सरकारी हल..
काठमाडौं ,भदौ ३१ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको सचिव बैठकले मुलुक..
2 दिन पहिले
मन्त्री घिसिङको घोषणा– पुनर्निर्माणका लागि विशेष कोष ख..
काठमाडौं, ३० भदौ : भौतिक योजनामन्त्रालयको जिम्मेवारी समालेलगत्तै उर्जा मन्त्री समेत रहेका कुलमान घिसिङले क्षत..
3 दिन पहिले