राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, फागुन २९ : राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन्।
राष्ट्रिय सभामा मंगलबार भएको मतदानमा मतदानमा ५६ जना सांसद उपस्थित रहेकाेमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ। यो संख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको संख्याको बहुमत हाे।
सभाध्यक्ष उर्मिला अर्यालले दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएको घोषणा गरिन्। सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार रहेका दाहाललाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए। निर्वाचित दाहाल राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनीत सांसद हुन्।
यसअघि राष्ट्रिय सभा सदस्य युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको थियाे। उनी कांग्रेस र लोसपाका तर्फबाट उम्मेदवार थिए।
मतदानमा राष्ट्रिय जनमोर्चाले मतदानमा भाग लिएन। राष्ट्रिय सभामा जनमोर्चाका एक जना मात्र सदस्य छन्। ती सदस्य तुलप्रसाद विश्वकर्मा हुन्। राष्ट्रियसभाको अर्को बैठक फागुन ३० गते बोलाइएको छ ।
साभार : काठमाडौं प्रेस
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
18 घन्टा पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
18 घन्टा पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
2 दिन पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
2 दिन पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
3 दिन पहिले
-
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ : मन्त्री साह
-
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको छ : सिंह
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक