Janakpurdham
Sat, Aug 23, 2025
`

राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, फागुन २९ : राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन्।

राष्ट्रिय सभामा मंगलबार  भएको मतदानमा मतदानमा ५६ जना सांसद उपस्थित रहेकाेमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ। यो संख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको संख्याको बहुमत हाे।

सभाध्यक्ष उर्मिला अर्यालले दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएको घोषणा गरिन्। सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार रहेका दाहाललाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए। निर्वाचित दाहाल राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनीत सांसद हुन्।

यसअघि राष्ट्रिय सभा सदस्य युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको थियाे। उनी कांग्रेस र लोसपाका तर्फबाट उम्मेदवार थिए।

मतदानमा राष्ट्रिय जनमोर्चाले मतदानमा भाग लिएन। राष्ट्रिय सभामा जनमोर्चाका एक जना मात्र सदस्य छन्। ती सदस्य तुलप्रसाद विश्वकर्मा हुन्। राष्ट्रियसभाको अर्को बैठक फागुन ३० गते बोलाइएको छ । 

साभार : काठमाडौं प्रेस

`
12 comments
कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण

जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..

2 दिन पहिले

सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..

काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..

3 दिन पहिले

म त्यत्तिकै प्रधानमन्त्री बनेको होइन, जनताले जिताएर हो : ..

काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु त्यत्तिकै प्रधानमन्त्री नभएको बताउँदै जनताले..

3 दिन पहिले

संविधानकै कारण प्रतिस्पर्धी दलहरु मिलेर काम गर्नुपर्ने..

काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी दलसँग मिलेर ..

3 दिन पहिले

‘परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छ’

काठमाडौं, भदौ ३ : प्रधानमन्त्री केपी ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्..

3 दिन पहिले