Janakpurdham
Tue, Sep 22, 2026
`

संसदमा सिके राउतको कटाक्ष : बरु एलिना चौहानको गीत बजाएको भए हुन्थ्यो (भिडिओ)

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,फागुन ३० गते ।  सरकारलाई विश्वासको मत माग्न आयोजित प्रतिनिधिसभाको बैठक जारी बैठकमा नेताहरू एकअर्काविरुद्ध तीव्र घोचपेच र आलोचना गरिरहेका छन् । कांग्रेस नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई धोकेबाज संज्ञा दिने र सत्तारुढ नेताहरूले बचाउने गर्ने क्रम चलिरहेको छ ।

यही क्रममा एक नेताले भने अहिलेकी चर्चित गायिका एलिना चौहानलाई सम्झिन पुगे । उनी हुन् जनमत पार्टीका अध्यक्ष डा। सिके राउत । धोकेबाजको प्रसंग आइरहँदा उनले एलिनाको गीत सम्झिएका हुन् ।

 

 

नेताहरूको लामो भाषणले पट्यार लागेको भन्दै उनले घण्टौँसम्म बोल्नुभन्दा पनि एलिना चौहानको गीत गाउँदा छोटो हुने सुझाव दिए ।

उनले भने, ‘मत दिने कि नदिने विषयमा छलफल भयो । सोही क्रममा हामीले सबै दलका कुराहरू पनि सुन्यौँ । त्यो घण्टौँसम्म सुन्दा खेरी लाग्यो कि त्योभन्दा बरु एलिना चौहानको गीत गाइदिँदा छोटो हुन्थ्यो कि जस्तो लाग्थ्यो मलाई । लामो फेहरिस्त दिनै पर्दैनथ्यो ।’

समय समयमा गठबन्धन बन्ने र भत्किने भए पनि त्यसबाट जनतालाई केही लाभ नभएको उनले बताए । अब नेताहरूले निर्वाचनमा गठबन्धन गर्नु कतिको घातक हुन्छ भन्ने कुरा बुझ्नुपर्ने उल्लेख गर्दै उनले जनताका समस्या समाधानतर्फ ध्यान दिन पनि आग्रह गरे ।साभार : नेपाल प्रेस

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

18 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

18 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

2 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

3 दिन पहिले