Janakpurdham
Fri, Feb 06, 2026
`

प्रजातान्त्रिक शक्तिहरुबीच एकता अपरिहार्य : काँग्रेस सहमहामन्त्री यादव

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, फागुन ३० गते । नेपाली काँग्रेसका सहमहामन्त्री तथा पुर्व खानेपानी मन्त्री महेन्द्र यादवले नेपालमा प्रजातान्त्रिक शक्तिहरुबीचमा एकता अपरिहार्य रहेको बताउनु भएको छ ।


धनुषाको लक्ष्मिनियाँ गाँउपालिकामा निमाणर् गरिएको शहिद कामेश्वर कुशेश्वर स्मृति प्रतिष्ठान भवनको बुधबार उद्घाटन पछि आयोजितकार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले सबै प्रजातान्त्रिक पार्टीहरु एक नभए प्रजातन्त्र नै खतरामा पर्न सक्ने भन्दै अब एक नहुनुको विकल्प नभएको बताउनु भयो ।


नेपालमा काँग्रेसले चाहेर मात्रै राणा शासन देखि राजा सम्मको व्यवस्थाहरु परिवर्तन भएको भन्दै काँग्रेसलाई सत्ता बाहिर राखेर बर्तमान सरकार चल्न नसक्ने उहाँले दावी गर्नु भयो । उहाँले संविधान रक्षाका लागि दुई ठुला दलले सरकार निमाणर् गर्नुपर्ने जनताको इच्छा रहेको भन्दै प्रचण्ड नेतृत्वको वर्तमान सरकार छ महिना भन्दा बढी नचल्ने ठोकुवा गर्नुभयो ।


नेता यादवले आगामी निर्वाचनमा कम्युनिष्टहरु मिलेर दुइ तिहाइ ल्याएको खण्डमा वर्तमान संविधान संशोधन गरी चीन जस्तो शासन ल्याउन सक्ने भन्दै त्यसो हुन नदिनका लागि प्रजातन्त्रबादी शक्तिहरुबीचमा एकता अपरिहार्य रहेको बताउनु भयो । कार्यक्रममा नेपाली काँग्रेस मधेश प्रदेशका सभापति एवम मधेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादवले प्रजातन्त्रको स्थापना नेपाली काँग्रेसले नै गरेको भन्दै यसको संरक्षण पनि काँग्रेसले नै गर्नुपर्ने भएकोले आगामीे २०८४ सालको तीनै तहको निर्वाचनमा काँग्रेसलाई बहुमत दिनुपर्ने धारणा राख्नुभयो ।उहाँले जसपा नेपाल र नेकपा(एकिकृत समाजवादी)को कारण गठबन्धन टुटेको भन्दै गठबन्धन तोडनेहरुको आउने दिनमा सफाया हुने बताउनु भयो ।


पटक पटकको मन्त्रिपरिषद परिवर्तनले विकास निमाणर्का कामकाज प्रभावित भएको भन्दै यस्तो कामगर्नेलाई जनताले माफ नगर्ने दावी उहाँले गर्नु भयो । कार्यक्रममा नेपाली काँग्रेस मधेश प्रदेश संसदीयदलका प्रमुख सचेतक एवम प्रतिष्ठानका उपाध्यक्ष कुमरकान्त झाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य मिनाक्षी झा , पूर्व मन्त्री राम सरोज यादव , प्रदेशसभा सदस्य शेषनारायण यादव,लक्ष्मिनियाँ गाँउपालिकाका अध्यक्ष भोगेन्द्र मिश्र , काँग्रेस महोत्तरीका सभापति नागेश्वर यादव सहितकाले शहिद कामेश्वर कुशेश्वरको नाँउमा पहिलो पटक प्रतिष्ठान संचालन भएकोमा खुशी व्यक्त गर्नु भयो ।


कार्यक्रममा प्रदेशसभा सदस्य अंजना पंडित , काँग्रेस मधेश प्रदेश समिति सदस्य जीवनाथ चौधरी , कृष्णा सिंह , बजरंग यादव लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । संघीय सहरी विकास कार्यालयको ४९ लाख ,प्रदेश समाजिक विकास मन्त्रालयको २५ लाख र प्रदेश पूर्वाधार विकास कार्यालयको २५ लाख गरी ९९ लाखको लागतमा एक कठठ क्षेत्रफलमा एउटा कोठा,एउटा ठुलो सभाहल र तिनवटा बाथरुम भएको भवन निमाणर् गरिएको प्रतिष्ठानका सचिव परशु राम यादवले जानकारी दिनु भएको छ ।

`
12 comments
कांग्रेसको एजेन्डा भनेको भ्रष्टाचारमुक्त समाज र सुशासन..

माेरङ, माघ २२ : नेपाली काङ्ग्रेसका नेता डा।शेखर कोइरालाले नेपाली काङ्ग्रेसको एजेण्डा भ्रष्टाचारमुक्त समाज र स..

9 घन्टा पहिले

देशको नेतृत्व अब उज्यालो नेपाल पार्टीले गर्छ : कुलमान घि..

जनकपुर, माघ २२ : पूर्वमन्त्री एवम् उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशको नेतृत्व उज्यालो नेपाल प..

9 घन्टा पहिले

काठमाडौंबाट उड्नासाथ टर्किसको दायाँ इन्जिनमा आगलागी, क..

काठमाडौं, माघ २१ :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सक..

21 घन्टा पहिले

आईसीसी टी–२० विश्वकपको तयारीस्वरुप आज नेपाल क्यानडासँग..

काठमाडौं, माघ २२ : आईसीसी टी–२० विश्वकपको तयारीलाई अन्तिम रूप दिने क्रममा नेपाल आज क्यानडासँग अन्तिम अभ्यास ख..

21 घन्टा पहिले

राष्ट्रपति जापानको औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौं, माघ २१ : राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन्। बुधबार जापान टोक..

21 घन्टा पहिले