
सुन तस्करी प्रकणमा महरालाई मुद्दा चलाउन सिफारिस
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं, चैत २ : सुन तस्करी प्रकणमा पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ।
सुन तस्करीसम्बन्धी छानबिन गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठित उच्चस्तरीय आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो।
आयोजकले छानविन प्रतिवेदन बिहीबार गृहमन्त्री रवि लामिछानेलाई बुझाएको थियो भने गृहमन्त्रीले आज सो प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका छन्।
महरा र उनका छोरा राहुल भेप मार्फत सुन तस्करी गरेको प्रकरणमा जोडिएका छन्। सो प्रकणमा राहुल पुर्पक्षका लागि थुनामै छन्। आयोगले महरासँग पनि बयान लिएको थियो।
आयोजले राजश्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीलाई कारबाही गर्न सुझाव दिएको छ। अधिकारीको सम्बन्ध सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावा छिरिङसँग देखिएको थियो।
यस्तै, आयोगले सीआईबी प्रमुख एआईजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ।
साभार : काठमाडौं प्रेस

कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण
जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..
2 दिन पहिले
सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..
काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..
3 दिन पहिले
म त्यत्तिकै प्रधानमन्त्री बनेको होइन, जनताले जिताएर हो : ..
काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु त्यत्तिकै प्रधानमन्त्री नभएको बताउँदै जनताले..
3 दिन पहिले
संविधानकै कारण प्रतिस्पर्धी दलहरु मिलेर काम गर्नुपर्ने..
काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी दलसँग मिलेर ..
3 दिन पहिले
‘परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छ’
काठमाडौं, भदौ ३ : प्रधानमन्त्री केपी ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्..
3 दिन पहिले