Janakpurdham
Tue, Sep 22, 2026
`

सुन तस्करी प्रकणमा महरालाई मुद्दा चलाउन सिफारिस

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, चैत २ : सुन तस्करी प्रकणमा पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ।

सुन तस्करीसम्बन्धी छानबिन गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठित उच्चस्तरीय आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो।

आयोजकले छानविन प्रतिवेदन बिहीबार गृहमन्त्री रवि लामिछानेलाई बुझाएको थियो भने गृहमन्त्रीले आज सो प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका छन्।

महरा र उनका छोरा राहुल भेप मार्फत सुन तस्करी गरेको प्रकरणमा जोडिएका छन्। सो प्रकणमा राहुल पुर्पक्षका लागि थुनामै छन्। आयोगले महरासँग पनि बयान लिएको थियो।

आयोजले राजश्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीलाई कारबाही गर्न सुझाव दिएको छ। अधिकारीको सम्बन्ध सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावा छिरिङसँग देखिएको थियो।

यस्तै, आयोगले सीआईबी प्रमुख एआईजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ। 

साभार : काठमाडौं प्रेस

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

17 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

17 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

2 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

3 दिन पहिले