Janakpurdham
Tue, Aug 05, 2025
`

मधेश प्रदेश सरकार पुनर्गठनको तयारीमा मुख्यमन्त्री यादव

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,चैत २ गते । केन्द्रमा आएको सत्ता फेरबदलपछि मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादव नयाँ समीकरण अनुसार प्रदेश सरकारको पुनर्गठनका विषयमा सत्ता सहयात्री दलहरूसँग छलफल शुरु गर्नु भएको छ । 

मुख्यमन्त्री सरोज कुमार यादवले रेडियो नेपालसँग बिहीवार कुरा गर्दै सङ्घीयताका सवालमा मधेश प्रदेश सभामा रहेका सबै दलका समान तथा सकारात्मक धारणा भएपनि आफूहरू केन्द्रको सत्ता हेरफेरका कारणले सरकारको पुनर्गठनको तयारीका विषयमा छलफल शुरु गरेको जानकारी दिनु भयो । 

प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले  बुधवार प्रतिनिधि सभामा विश्वासको मत लिएपछि काठमाडौँबाट मधेश प्रदेशका राजधानी जनकपुरधाम फर्किनु भएका मुख्यमन्त्रीले आज बिहान देखि सहयात्री विभिन्न दलका नेताहरूसँग परामर्श थाल्नु भएको
छ । 

उहाँले नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवसँग कुराकानी गरेको र उहाँ अहिले पार्टीको काम विशेषले पर्सा जिल्लामा रहेकाले आउने बित्तिकै सरकारको सहयात्राका विषयमा छलफल हुने जानकारी दिनु भयो । अन्यसँग छलफल भइरहेको जानकारी मुख्यमन्त्रीले दिनु भयो । 

उहाँले नेपाली काँग्रेसका मन्त्रीहरू आफै राजीनामा दिने बताउँदै यस अघि सत्ता समीकरण हेर फेर हुँदा कसैलाई मधेश प्रदेश सरकारले बर्खास्त नगरेकाले काँग्रेसका मन्त्रीहरूलाई त्यसो गर्ने पक्षमा आफू नभएको र उहाँहरू आफै राजीनामा दिने र त्यसका लागि आफूले छलफल थालेको बताउनु भयो । 

मधेश प्रदेश सरकारमा केन्द्रमा भएको सत्ता हेरफेर पछि वर्तमान मुख्यमन्त्री सरोज कुमार यादवसँग बहुमत रहेकाले उहाँको निरन्तरता हुने पक्का रहेको चर्चा हुन थालेको छ । 

मधेश प्रदेश सरकारमा नेकपा २४, जनता समाजवादी पार्टीका १९, नेकपा माओवादी केन्द्रका ९, नेकपा एकीकृत समाजवादी पार्टीका ७ गरेर ५९ जनाको समर्थन रहेको छ । साना दलहरूको समर्थन विना नै सरकारको पक्षमा बहुमत रहेको अवस्था रहेको छ । 

साभार : रेडियो नेपाल

`
12 comments
धरौटी बुझाएर दुर्गा प्रसाईं रिहा

काठमाडौं ,श्रावण १९ गते । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई अदालते ग..

13 घन्टा पहिले

कक्षा १२ नतिजाः ६१ प्रतिशत ग्रेडेड, प्रदेश र विषयअनुसार ..

काठमाडौं  ,श्रावण १९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ क..

13 घन्टा पहिले

बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..

काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..

2 दिन पहिले

लोकतान्त्रिक प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र ..

काठमाडौं, साउन १८ : प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार र जनताप्रति उत्तरदायी भएक..

2 दिन पहिले

‘पानीको अभाव र संकट समाधान गर्न जलस्रोत विधेयक आवश्यक’

काठमाडौं, साउन १७ : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले पानीको अभाव र वर्तमान अवस्थामा निम्तिएको संकट..

3 दिन पहिले