जनतालाई परिवर्तनको अनुभूति हुने गरी काम गर्न जरुरी : राष्ट्रपति
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
मटिहानी,चैत ३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रलाई जीवन दर्शनको रुपमा अनुसरण गरेर जनतालाई परिवर्तनको अनुभूति हुने गरि काम गर्न जरुरी रहेको बताउनुभएको छ ।
शहिद केशव कोइराला स्मृति प्रतिष्ठान र महिटानी नगरपालिकाको संयुक्त आयोजनामा महोत्तरीको महिटानी नगरपालिकाको वडा नंं ८ मा निर्माण भएको शहिद केशव कोइरालाको शालीक अनावरण कार्यक्रममा राष्ट्रपति पौडेलले लोकतन्त्र अनुसारको संस्कार र संस्कृतिको विकास हुन अझै बाँकी रहेको बताउनुभयो ।
उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताका लागि सुन्दर उपहार भए पनि प्रदेशहरूलाई अझै अधिकार सम्पन्न बनाएर जनताको घरदैलोमा नै सेवा तथा सुविधा प्रवाह गर्न ढिलाइ गर्न नहुने विषयमा दलका शीर्ष नेताहरूलाई आफूले पटक पटक ध्यानाकर्षण गर्दै आएको बताउनुभयो ।
उहाँले राजनीतिक उपलब्धिको रुपमा आएको संघीय लोकतान्त्रिक गणतन्त्रको अनुभूत गराउन अझै धेरै विषयहरू गर्न बाँकी रहेकाले गणतन्त्रलाई बलियो बनाउनका लागि गणतन्त्रलाई बलियो बनाउने कानूनको निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभयो ।
उहाँले शहिद स्व.केशव कोइराला जस्ता लोकतान्त्रिक योद्धाको प्रतिमाको निर्माण मटिहानी नगरपालिकामा गराएर मटिहानीको प्राचीनता तथा पौराणिकतालाई थप उजागर गर्ने काम भएको बताउनुभयो ।
राष्ट्रपति पौडेलले जनताको ठूलो सङ्घर्ष तथा बलिदानबाट बनेको संविधानपछि स्वायत्तताको अवधारणा गाउँ तथा प्रदेशमा गएपनि धेरै अधिकारका विषयहरू स्थापित गर्नका लागि अझै बाँकी रहेको बताउनुभयो ।
उहाँले देशको आर्थिक, सामाजिक रूपान्तरण गरेर निमुखा जनताको जीवन स्तर अझै माथि उकास्न आवश्यक भएको उल्लेख गर्नुहुँदै यसका लागि व्यवस्था परिवर्तन भए जस्तै जनताको अवस्था परिवर्तनको अनुभूतिका लागि तल्लो तहमा अधिकार प्रत्यायोजित गर्न आवश्यक भएको बताउनुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मुलुकमा राजनीतिक स्थिरताका लागि संविधान संशोधनको विषयमा अहिले सबै दलका शीर्ष नेताहरूले महशुस गर्न थालेकाले संविधान संशोधन शीघ्र हुनुपर्ने धारणा राख्नुभयो ।
साभार : रेडियो नेपाल
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
17 घन्टा पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
17 घन्टा पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
2 दिन पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
2 दिन पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
3 दिन पहिले
-
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ : मन्त्री साह
-
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको छ : सिंह
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक