
‘देशलाई बहुराष्ट्रिय राज्यको रुपमा स्थापित गर्न आवश्यक’
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं, चैत १० : राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नेपाललाई बहुराष्ट्रिय राज्यको रुपमा स्थापित गर्न आवश्यक रहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित ‘होली के सँग राष्ट्रियताको बहुरंग’होली विशेष मिलन कार्यक्रममा बोल्दै उनले देशमा भएका विभिन्न समस्याहरुको समाधानको उपाए भनेकै देशलाई बहुराष्ट्रिय राज्यको रुपमा स्थापित गर्नु रहेको भन्दै सोहिअनुसार देशको शासन र संविधान चलाउन आवश्यक रहेको बताए।
‘अब आफ्नै या स्वदेशमा हामी सबैले आफ्नो पहिचान, संस्कृति एक ढिक्का भयौं भने त्यो स्वदेशवाद हुन्छ। त्यहि बहुराष्ट्रिय राज्य हुन्छ। देशको यावत समस्याहरुको समाधान गर्न बहुराष्ट्रिय राज्यको स्थापना गर्नुपर्छ,' उनले भने, 'सोहीअनुसार देशको शासन र संविधान चलाउने हो। त्यो नै हाम्रो उत्तम उपाय हो। देशको रक्षा र समृद्धि, प्रगतिको लागि वा हामी सबैको स्वाभीमानको लागि अधिकार र पहिचानका साथ बाँच्न देश प्राकृतिक चरित्र अनुसार शासन हुनुपर्छ।’
उनले बहुराष्ट्रिय मान्यताको आधारमा देशको शासन र संविधान चलाएर नेपाल सबैको लागि बन्नुपर्ने धारणा राखे ।
साभार : काठमाडौं प्रेस

कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण
जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..
2 दिन पहिले
सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..
काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..
3 दिन पहिले
म त्यत्तिकै प्रधानमन्त्री बनेको होइन, जनताले जिताएर हो : ..
काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु त्यत्तिकै प्रधानमन्त्री नभएको बताउँदै जनताले..
3 दिन पहिले
संविधानकै कारण प्रतिस्पर्धी दलहरु मिलेर काम गर्नुपर्ने..
काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी दलसँग मिलेर ..
3 दिन पहिले
‘परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छ’
काठमाडौं, भदौ ३ : प्रधानमन्त्री केपी ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्..
3 दिन पहिले