उपप्रधानमन्त्री महासेठ नेतृत्वको टोलीद्वारा जनकपुर–जयनगर रेल्वेको अनुगमन
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,चैत १० गते । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ नेतृत्वको उच्च स्तरीय प्रतिनिधिमण्डलले नेपालको जनकपुर– जयनगर रेल्वेको भौतिक अवस्थाको आज स्थलगत अनुगमन गर्नुभएको छ । टोलीले जनकपुरधामबाट धनुषाको खजुरी रेल्वे स्टेसनसम्म पुगेर रेल्वेको भौतिक अवस्था, रेल्वेको जग्गा अतिक्रमणको अवस्था, रेल्वे ट्रयाक, क्रसिङ्गको अवस्थाको बारेमा स्थलगत अनुगमन गरेको हो ।
उपप्रधानमन्त्री महासेठले रेल्वेको अतिक्रमित जग्गा खाली गराउनका लागि स्थानीय प्रशासनसँग समन्वय गरेर काम गर्न रेल्वे विभागलाई निर्देशन दिनुभयो ।
उहाँले रेल्वेको स्पिडमा रहेको समस्याको समाधान गर्नका के गर्नुपर्दछ त्यस विषयमा पहल गर्न नेपाल रेल्वे विभागका महानिर्देशक रोहित विसुराललाई निर्देशन दिनुभयो ।
सरकारी जग्गाको संरक्षण गर्न सरकारका लागि प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै मन्त्री महासेठले नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झालाई रेल्वे कम्पनीको कैयौँ बिगाहा जग्गा व्यक्ति विशेषले अतिक्रमण गरेकाले ती अतिक्रमित जग्गाहरू खाली गराउन निर्देशन दिनुभयो ।
महाप्रबन्धक झाले मन्त्री महासेठसहितको टोलीलाई जनकपुरधामदेखि जयनगरसम्मको रेल्वेको भौतिक अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
कम्पनीले हाल २७ ठाउँमा रेल्वे ट्याकमा कसिङ्ग रहेका कारणले रेल्वे आफ्नो गतिमा गुड्न नसकेको जानकारी टोलीलाई गराएको छ ।
साभार : रेडियो नेपाल
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
17 घन्टा पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
17 घन्टा पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
2 दिन पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
2 दिन पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
3 दिन पहिले
-
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ : मन्त्री साह
-
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको छ : सिंह
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक