
उपप्रधानमन्त्री महासेठ नेतृत्वको टोलीद्वारा जनकपुर–जयनगर रेल्वेको अनुगमन
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम,चैत १० गते । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ नेतृत्वको उच्च स्तरीय प्रतिनिधिमण्डलले नेपालको जनकपुर– जयनगर रेल्वेको भौतिक अवस्थाको आज स्थलगत अनुगमन गर्नुभएको छ । टोलीले जनकपुरधामबाट धनुषाको खजुरी रेल्वे स्टेसनसम्म पुगेर रेल्वेको भौतिक अवस्था, रेल्वेको जग्गा अतिक्रमणको अवस्था, रेल्वे ट्रयाक, क्रसिङ्गको अवस्थाको बारेमा स्थलगत अनुगमन गरेको हो ।
उपप्रधानमन्त्री महासेठले रेल्वेको अतिक्रमित जग्गा खाली गराउनका लागि स्थानीय प्रशासनसँग समन्वय गरेर काम गर्न रेल्वे विभागलाई निर्देशन दिनुभयो ।
उहाँले रेल्वेको स्पिडमा रहेको समस्याको समाधान गर्नका के गर्नुपर्दछ त्यस विषयमा पहल गर्न नेपाल रेल्वे विभागका महानिर्देशक रोहित विसुराललाई निर्देशन दिनुभयो ।
सरकारी जग्गाको संरक्षण गर्न सरकारका लागि प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै मन्त्री महासेठले नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झालाई रेल्वे कम्पनीको कैयौँ बिगाहा जग्गा व्यक्ति विशेषले अतिक्रमण गरेकाले ती अतिक्रमित जग्गाहरू खाली गराउन निर्देशन दिनुभयो ।
महाप्रबन्धक झाले मन्त्री महासेठसहितको टोलीलाई जनकपुरधामदेखि जयनगरसम्मको रेल्वेको भौतिक अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
कम्पनीले हाल २७ ठाउँमा रेल्वे ट्याकमा कसिङ्ग रहेका कारणले रेल्वे आफ्नो गतिमा गुड्न नसकेको जानकारी टोलीलाई गराएको छ ।
साभार : रेडियो नेपाल

धरौटी बुझाएर दुर्गा प्रसाईं रिहा
काठमाडौं ,श्रावण १९ गते । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई अदालते ग..
10 घन्टा पहिले
कक्षा १२ नतिजाः ६१ प्रतिशत ग्रेडेड, प्रदेश र विषयअनुसार ..
काठमाडौं ,श्रावण १९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ क..
10 घन्टा पहिले
बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..
काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..
2 दिन पहिले
लोकतान्त्रिक प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र ..
काठमाडौं, साउन १८ : प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार र जनताप्रति उत्तरदायी भएक..
2 दिन पहिले
‘पानीको अभाव र संकट समाधान गर्न जलस्रोत विधेयक आवश्यक’
काठमाडौं, साउन १७ : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले पानीको अभाव र वर्तमान अवस्थामा निम्तिएको संकट..
3 दिन पहिले