
मधेस सरकार विस्तार : एमालेबाट थपिएका तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, चैत १० । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सरकार पुनर्गठन गरेका छन्। उनले शनिबार एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गरेका हुन्।
एमालेका प्रदेशसभा सदस्यहरु शत्रुधनप्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ लिए।
शत्रुधनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राजकुमारले गृह, सञ्चार तथा कानून मन्त्रालय र एमालेमा प्रवेश गरेका प्रमोद जयसवालले शिक्षा तथा संस्कृति मन्त्रालयकाे जिम्मेवारी पाए। साथै केशव रायले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको शपथ लिएका छन्। एमालेका संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधार मन्त्रीका रुपमा यसअघि नै शपथ लिइसकेका छन् ।
शनिबार मन्त्रिपरिषद विस्तारसँगै मधेश सरकारमा एमालेका ४ जना मन्त्री बनेका छन्। कांग्रेस, माओवादी केन्द्र, जसपा गठबन्धन भत्किएरका एमालेसहितको केन्द्रीय गठबन्धन बनेपछि कांग्रेस मन्त्री बनेका तीन जना बाहिरिएका थिए ।
त्यस्तै मधेश सरकारबाट जनमत पार्टीका २ जना बाहिरिएपछि कुल ५ वटा मन्त्रालय खाली भएको थियो। माओवादी केन्द्रलाई एक मन्त्रालय दिने मुख्यमन्त्रीको तयारी रहेकाे बताइएकाे छ ।
साभार : काठमाडौं प्रेस

धरौटी बुझाएर दुर्गा प्रसाईं रिहा
काठमाडौं ,श्रावण १९ गते । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई अदालते ग..
11 घन्टा पहिले
कक्षा १२ नतिजाः ६१ प्रतिशत ग्रेडेड, प्रदेश र विषयअनुसार ..
काठमाडौं ,श्रावण १९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ क..
11 घन्टा पहिले
बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..
काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..
2 दिन पहिले
लोकतान्त्रिक प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र ..
काठमाडौं, साउन १८ : प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार र जनताप्रति उत्तरदायी भएक..
2 दिन पहिले
‘पानीको अभाव र संकट समाधान गर्न जलस्रोत विधेयक आवश्यक’
काठमाडौं, साउन १७ : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले पानीको अभाव र वर्तमान अवस्थामा निम्तिएको संकट..
3 दिन पहिले