
प्रजातन्त्र सेनानी स्व. उपाध्यायको पुण्यतिथिको अवसरमा विभिन्न कार्यक्रम
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, चैत १६ गते । प्रजातन्त्र सेनानी मथुरा प्रसाद उपाध्यायको २७औं पुण्य तिथि विभिन्न कार्यक्रमको आयोजना गरि जनकपुरधाममा मनाइएको छ ।
पुण्य तिथिको अवसरमा नेपाली काँग्रेस जनकपुरधाम उपमहानगरपालिका वडा नं.११ कार्यसमितिले शुक्रवार बिहान जानकी बृद्धाश्रममा कपडा तथा फलफुल वितरण गरेको छ ।
वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं नेपाल काँग्रेसका नेता राम सरोज यादवले प्रजातन्त्र सेनानी स्व. उपाध्यायको योगदानको बारेमा प्रकाश पारेका थिए ।
त्यसैगरि नेपाली काँग्रेस धनुषा उपसभापति गणेश झा, जनकपुरधाम वडा नं. ९ का अध्यक्ष एवं जानकी बृद्धाश्रमका अध्यक्ष परमेश्वर साहले पनि श्रद्धाञ्जली मन्तव्य ब्यक्त गरेका थिए ।
नेपाली काँग्रेस जउमनपा वडा नं. ११ का सभापति संजय साहको अध्यक्षता भएको कार्यक्रममा १५ जना वृद्धाहरुलाई साडी तथा कपडा वितरण गरिएको थियो ।
त्यसैगरि वडा समिति ११को आयोजनामा दिउँसो श्रद्धाञ्जली कार्यक्रको आयोजना गरिएको छ ।
श्रद्धाञ्जली कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख एवं नेपाली काङ्ग्रेस जनकपुरधाम नगर सभापति मनोज कुमार साहले काँग्रेसमा आफ्नो प्रजातान्त्रिक आन्दोलन तथा नेपाली काँग्रेसमा आफ्नो जीवनको अमुल्य समय उत्सर्ग गर्ने प्रजातान्त्रिक सेनानी र योद्धाहरुलाई नेपाली काँग्रेस स्मरण गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति गणेश झा , मनोज चौधरी, जगदिश महासेठ, धिरेन्द्र मोहन झा, प्रवेश चौधरी लगायतका वक्ताहरुले स्व. उपाध्यायका योगदानको बारेमा चर्चा गरेका थिए । वडा सभापति संजय साहको अध्यक्षतामा भएको कार्यक्रममा युवा नेता एवं स्व . उपाध्यायका पुत्र प्रफुल्ल राज घिमिरे पनि आफ्नो मन्तव्य राखे ।

कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत
काठमाडौँ ,असोज ३० गते । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशह..
24 घन्टा पहिले
आफ्नो कार्यकाल पूर्ण रुपमा सफल भएको छ : निवर्तमान मुख्यम..
जनकपुरधाम ,असोज ३० गते । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले नवगठित जनस्वराज पार्टी हालक..
24 घन्टा पहिले
मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त
जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..
2 दिन पहिले
क्रिकेट: नेपाल टी-२० विश्वकपमा छनोट
काठमाडौँ , असोज २९ गते । नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि ..
2 दिन पहिले
सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..
काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..
3 दिन पहिले