प्रजातन्त्र सेनानी स्व. उपाध्यायको पुण्यतिथिको अवसरमा विभिन्न कार्यक्रम
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, चैत १६ गते । प्रजातन्त्र सेनानी मथुरा प्रसाद उपाध्यायको २७औं पुण्य तिथि विभिन्न कार्यक्रमको आयोजना गरि जनकपुरधाममा मनाइएको छ ।
पुण्य तिथिको अवसरमा नेपाली काँग्रेस जनकपुरधाम उपमहानगरपालिका वडा नं.११ कार्यसमितिले शुक्रवार बिहान जानकी बृद्धाश्रममा कपडा तथा फलफुल वितरण गरेको छ ।
वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं नेपाल काँग्रेसका नेता राम सरोज यादवले प्रजातन्त्र सेनानी स्व. उपाध्यायको योगदानको बारेमा प्रकाश पारेका थिए ।
त्यसैगरि नेपाली काँग्रेस धनुषा उपसभापति गणेश झा, जनकपुरधाम वडा नं. ९ का अध्यक्ष एवं जानकी बृद्धाश्रमका अध्यक्ष परमेश्वर साहले पनि श्रद्धाञ्जली मन्तव्य ब्यक्त गरेका थिए ।
नेपाली काँग्रेस जउमनपा वडा नं. ११ का सभापति संजय साहको अध्यक्षता भएको कार्यक्रममा १५ जना वृद्धाहरुलाई साडी तथा कपडा वितरण गरिएको थियो ।
त्यसैगरि वडा समिति ११को आयोजनामा दिउँसो श्रद्धाञ्जली कार्यक्रको आयोजना गरिएको छ ।
श्रद्धाञ्जली कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख एवं नेपाली काङ्ग्रेस जनकपुरधाम नगर सभापति मनोज कुमार साहले काँग्रेसमा आफ्नो प्रजातान्त्रिक आन्दोलन तथा नेपाली काँग्रेसमा आफ्नो जीवनको अमुल्य समय उत्सर्ग गर्ने प्रजातान्त्रिक सेनानी र योद्धाहरुलाई नेपाली काँग्रेस स्मरण गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति गणेश झा , मनोज चौधरी, जगदिश महासेठ, धिरेन्द्र मोहन झा, प्रवेश चौधरी लगायतका वक्ताहरुले स्व. उपाध्यायका योगदानको बारेमा चर्चा गरेका थिए । वडा सभापति संजय साहको अध्यक्षतामा भएको कार्यक्रममा युवा नेता एवं स्व . उपाध्यायका पुत्र प्रफुल्ल राज घिमिरे पनि आफ्नो मन्तव्य राखे ।
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
15 घन्टा पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
15 घन्टा पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
2 दिन पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
2 दिन पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
3 दिन पहिले
-
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ : मन्त्री साह
-
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको छ : सिंह
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक