Janakpurdham
Sat, Aug 23, 2025
`

कांग्रेस र एमाले एक ठाउँमा उभिएर देशमा स्थिरता कायम गर्नुपर्छ : शेखर काेइराला

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, चैत २२ : कांग्रेस नेता डा. शेखर कोइरालाले अहिलेको गठबन्धनले कुनै निकास नदिने भन्दै कांग्रेस र एमाले एक ठाउँमा उभिएर देशमा स्थिरता कायम गर्नुपर्ने बताएका छन्।

आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘संविधान बनाउन नेपाली कांग्रेस र एमाले नै चाहियो। त्यसलाई ध्यानमा राखेर देशलाई स्थिरता दिने र विकास दिने हो भने नेपाली कांग्रेस र एमाले एक ठाउँमा उभिनुपर्छ।’

र याेभन्दा पहिलेकाे कांग्रेस र माओवादी गठबन्धनले पनि केही नगरेकाे र अहिलेकाे एमाले र माओवादी गठबन्धनबाट पनि देशको आर्थिक विकास हुने त कुनै पनि सम्भावना नरहेकाे उनकाे भनाइ थियाे।

पहिलो संविधानसभा निर्वाचनमा चार जना कम्युनिस्ट प्रधानमन्त्री बन्दा पनि संविधान नबनेको तर दोस्रो संविधानसभामा एमाले र कांग्रेस मिलेपछि संविधान बनेको कोइरालाकाे भनाइ थियाे।

उनले अहिलेको कोशी सरकार संविधानमा रहेको सरकार गठनको धारा ५ बाट बनेको भन्ने हेक्का राख्नुपर्ने स्पष्ट पारे। कोशी सरकार विघटन भए मध्यावधिमा जाने उनकाे भनाइ थियाे।

 

साभार : काठमाडौं प्रेस

`
12 comments
कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण

जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..

1 दिन पहिले

सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..

काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..

2 दिन पहिले

म त्यत्तिकै प्रधानमन्त्री बनेको होइन, जनताले जिताएर हो : ..

काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु त्यत्तिकै प्रधानमन्त्री नभएको बताउँदै जनताले..

2 दिन पहिले

संविधानकै कारण प्रतिस्पर्धी दलहरु मिलेर काम गर्नुपर्ने..

काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी दलसँग मिलेर ..

3 दिन पहिले

‘परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छ’

काठमाडौं, भदौ ३ : प्रधानमन्त्री केपी ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्..

3 दिन पहिले